Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

स्वास्थ्य बिमा बोर्डको कडाइ : सामान्य बिरामीको आकस्मिक उपचार खर्च अब भुक्तानी नहुने


१९, जेठ २०८३
  • 76
    SHARES
  • स्वास्थ्य बिमा बोर्डको कडाइ : सामान्य बिरामीको आकस्मिक उपचार खर्च अब भुक्तानी नहुने

    काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले आकस्मिक उपचार सेवाको दुरुपयोग रोक्न नयाँ कडाइ लागू गर्दै सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचारको श्रेणीमा राखेर गरिएको उपचारको खर्च भुक्तानी नगर्ने स्पष्ट गरेको छ। बोर्डले सोमबार निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गर्दै वास्तविक आकस्मिक अवस्थाबाहेकका उपचारलाई आकस्मिक सेवा देखाएर दाबी पेस गरिए त्यस्ता दाबी स्वीकार नगरिने जनाएको हो।

    बोर्डका अनुसार पछिल्लो समय सामान्य प्रकृतिका बिरामीलाई समेत आकस्मिक कक्षमार्फत उपचार गरी स्वास्थ्य बिमाअन्तर्गत भुक्तानी माग्ने प्रवृत्ति बढेको पाइएकाले यस्तो निर्णय लिनुपरेको हो। बोर्डले सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीहरूलाई बिमा कार्यक्रमको मापदण्ड र निर्देशिका कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।

    यससँगै बोर्डले सेवाग्राहीहरूलाई पनि तोकिएको प्रक्रिया अनुसार सेवा लिन आग्रह गर्दै स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब सिर्जना नगर्न अनुरोध गरेको छ। वास्तविक रूपमा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीको हकमा भने उपचार खर्च यथावत् रूपमा भुक्तानी गरिने बोर्डले स्पष्ट पारेको छ।

    बोर्डले जारी गरेको पत्रमा आकस्मिक अवस्थाका बिरामीलाई उपचारका क्रममा भर्ना गर्नुपर्ने वा शल्यक्रिया आवश्यक परेमा उपचार पद्धति अनुसार सम्पूर्ण सेवा प्रदान गरी डिस्चार्ज गर्न सकिने उल्लेख गरिएको छ। स्वास्थ्य बिमा प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र दुरुपयोगमुक्त बनाउने उद्देश्यसहित बोर्डले यस्तो व्यवस्था लागू गरेको जनाएको छ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend