Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनीसहित पश्चिम तराई र मधेशमा अत्यधिक गर्मी, जनजीवन प्रभावित


२, असार २०८३
  • 71
    SHARES
  • लुम्बिनीसहित पश्चिम तराई र मधेशमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

    काठमाण्डाै – पछिल्ला केही दिनयता पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तापक्रम बढेसँगै दैनिक गतिविधि, स्वास्थ्य सेवा, व्यापार व्यवसाय तथा कृषि क्षेत्रसमेत प्रभावित हुन थालेका छन् ।

    बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायत जिल्लामा दिउँसोको समयमा सडक तथा बजार क्षेत्र सुनसान देखिन थालेका छन् । चर्को घाम र तातो हावाका कारण मानिसहरू अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन सक्ने अवस्था छैन । स्थानीय बासिन्दाले बिहान र बेलुकाको समयमा मात्र किनमेल तथा अन्य कामकाज गर्ने गरेका छन् ।

    मौसमविद्हरूका अनुसार पश्चिमी तराईमा वर्षा नहुँदा तापक्रम लगातार बढिरहेको छ । नेपालगञ्ज, धनगढी, टीकापुर, महेन्द्रनगर तथा घोराही आसपासका क्षेत्रमा दिनभरि तातो हावा चल्ने क्रम बढेको स्थानीयवासीले बताएका छन् ।

    यस्तै मधेश प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लामा पनि गर्मीको प्रभाव बढेको छ । जनकपुर, वीरगञ्ज र गौर क्षेत्रमा समेत दिउँसोको तापक्रम उच्च रहँदा सर्वसाधारणले कठिनाइ भोगिरहेका छन् ।

    अत्यधिक गर्मीका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्यकर्मीहरूका अनुसार गर्मीका कारण चक्कर लाग्ने, टाउको दुख्ने, शरीरमा पानीको कमी, थकान, उच्च रक्तचाप, झाडापखाला तथा ‘हिट स्ट्रोक’ जस्ता समस्या लिएर बिरामीहरू उपचारका लागि पुगिरहेका छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घरोगीहरू धेरै जोखिममा रहेका स्वास्थ्यकर्मीहरू बताउँछन् । प्रशस्त पानी पिउन, हल्का तथा सुतीकाे कपडा लगाउन, दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन र पोषणयुक्त तरल पदार्थ खान डाक्टरको सुझाव छ ।

    वर्षा नहुँदा धान रोपाइँको तयारीमा समेत असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन् । मौसमविद्हरूका अनुसार मनसुनी प्रणाली पूर्णरूपमा सक्रिय भएसँगै तापक्रम केही घट्ने अपेक्षा छ । यद्यपि तत्काल वर्षाको सम्भावना कम देखिएकाले केही दिनसम्म पश्चिम तराई तथा मधेशका जिल्लाहरूमा गर्मीको प्रभाव कायम रहन सक्ने अनुमान छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend