Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एक दिवसीय अभ्यास खेलमा नेपालले जर्सीलाई ८१ रनले हरायो


३०, असार २०८३
  • 28
    SHARES
  • एक दिवसीय अभ्यास खेलमा नेपालले जर्सीलाई ८१ रनले हरायो

    काठमाण्डौ - नेपालले एक दिवसीय अभ्यास खेलमा जर्सीलाई ८१ रनले हराएको छ ।

    गए राति भएको खेलमा नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको जर्सी ४१ ओभरमै १६९ रनमा अलआउट भयो । जर्सीका लागि चार्ली ब्रेननले अविजित ८२ तथा डानियल बिरेलले ४१ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । नेपालको जितमा ओपनर कुशल भुर्तेलले १०५ को शतकीय पारी खेले । भीम सार्कीले ३९ रनको योगदान गरे ।

    टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २५० रन बनाएको थियो । बलिङतर्फ हेमन्त धामीले चार विकेट लिए भने आरिफ शेखले तीन विकेट लिए । करण केसी र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।

    अब नेपालले भोलि दोस्रो अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खला खेल्न जानेछ । यो शृङ्खलामा नेपालले घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend