Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आईसीसी क्रिकेट विश्वकप लिग-२ शृंखलामा नेदरल्यान्ड्सकाे नेपालमाथि शानदार जित


१४, साउन २०८३
  • 97
    SHARES
  • आईसीसी क्रिकेट विश्वकप लिग-२ शृंखलामा नेदरल्यान्ड्सकाे नेपालमाथि शानदार जित

    काठमाडाैं । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाकाे चौथो खेलमा पनि नेपाल पराजित भएको छ ।

    बुधबार राति सम्पन्न भएकाे खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग ५७ रनकाे फराकिलाे अन्तरले पराजित भएको हो । नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १ सय ६८ रनमा अलआउट भएसँगै पराजित भयाे । यसअघि नेपाल आयोजक नेदरल्याण्डससँग एक तथा नामिवियासँग २ खेलमा पराजित भइसकेको छ ।

    नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेलले २६ तथा करण केसीले २३ रन बनाएका थिए । इशान पाण्डेले १६, गुल्शन झाले ११ तथा भीम सार्कीले १० रन बनाए । दीपेन्द्र सिंह ऐरी पनि ६ रनमा आउट भए भने त्यसको केही समयमै कप्तान रोहित पनि आउट भए ।

    नेदरल्यान्ड्सका लागि काइल क्लेइनले ३ विकेट लिए भने रोलफ भान डर मर्वे, जाच लायन कासेट र लोगान भान बिकले २–२ तथा आर्यन दत्तले १ विकेट लिएका हुन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २५ रन बनाएको थियो। नोआ क्रोसले सर्वाधिक ७० तथा कप्तान स्कट एडवाड्र्सले ५७ रन बनाएका थिए।

    करण केसीले ४ विकेट लिएका छन् । दीपेन्द्र सिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी र हेमन्त धामीले १–१ विकेट लिए । शृङ्खलाका चारै खेलमा पराजित नेपालको घरेलु मैदानबाहिर यो लगातार आठौँ हार हो । योसँगै अब लिग २ मा शीर्ष ४ मा पर्ने सम्भावना लगभग समाप्त भएको हाे । नेदरल्यान्ड्सले भने शृङ्खलामा लगातार तेस्रो जित निकालेको छ । नेदरल्यान्ड्सको ३१ खेलमा ३८ अंक भएको छ ।

    नेपालको ३२ खेलमा २४ अंक रहेकाे हाे । नेपालले बाँकी ४ मध्ये १ मात्र खेल हारे पनि शीर्ष ४ मा पर्ने सम्भावना पूर्णरूपमा सकिने भएकाे छ । नेपालले ओमान र क्यानाडासँगको शृङ्खला खेल्न बाँकी  रहेकाे हाे ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend