Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारतको बिहारमा जेएसपीका प्रमुख प्रशान्तको ऐतिहासिक जित


१९, साउन २०८३
  • 80
    SHARES
  • भारतको बिहारमा जेएसपीका प्रमुख प्रशान्तको ऐतिहासिक जित

    एजेन्सी । भारतको बिहार राज्यको बाँकीपुर विधान सभा क्षेत्रको उपचुनावमा जन सुराज पार्टी (जेएसपी) का प्रमुख प्रशान्त किशोर अर्थात पीके विजयी हुनुभएको छ ।

    जितसँगै त्यस क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा) को करिब ३ दशकदेखिको गढ भत्किएको हाे । पहिले विभिन्न राजनीतिक दलका लागि चुनावी रणनीतिकारका रूपमा परिचित किशोरले पहिलो पटक प्रत्यक्ष चुनावमा उम्मेदवारी दिएर भाजपाको बलियो आधार मानिएको क्षेत्रमा विजय हासिल गर्नुभएको छ। बाँकीपुर विधान सभा क्षेत्र लामो समयदेखि भाजपा नेता नितिन नबिनको प्रभाव क्षेत्रमा पर्दै आएको थियो ।

    नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको सिटमा भएको उपचुनावमा किशोरले जित हासिल गर्नुभएको हो । दिल्लीको जन्तरमन्तरमा भएको विद्यार्थी आन्दोलन र नवयुवाको असन्तुष्टिले यस क्षेत्रको चुनावमा ठूलो प्रभाव पारेको विश्लेषण गरिएको छ । धेरै शैक्षिक संस्थाहरू रहेको यस क्षेत्रमा युवा मतदाताको आक्रोशले भाजपालाई ठूलो धक्का दिएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend