Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

समाजसेवी दुर्गा प्रसाद रेग्मीको निधनप्रति श्रद्धाञ्जली,अध्यक्ष ढुंगाना लगायत विभिन्न क्षेत्रका व्यक्तित्वद्वारा समवेदना


२१, साउन २०८३
  • 173
    SHARES
  • समाजसेवी दुर्गा प्रसाद रेग्मीको निधनप्रति श्रद्धाञ्जली,अध्यक्ष ढुंगाना लगायत विभिन्न क्षेत्रका व्यक्तित्वद्वारा समवेदना

    बुटवल । समाजसेवी तथा हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मीका पूजनीय पिता स्वर्गीय दुर्गा प्रसाद रेग्मीको ९६ वर्षको उमेरमा निधन भएपछि विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वहरूले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

    वि.सं. २०८३ साल श्रावण १३ गते बुधबार, गुरुपूर्णिमाको पावन दिन स्वर्गीय रेग्मीको देहावसान भएको हो । उहाँको जन्म वि.सं. १९८७ साल फागुन ५ गते भएको थियो। समाजसेवा, नैतिक मूल्य र पारिवारिक संस्कारका माध्यमबाट समाजमा पुर्‍याउनुभएको योगदानलाई स्मरण गर्दै उपस्थित सबैले उहाँको आत्माको चिरशान्तिको कामना गरेका थिए ।

    समवेदना व्यक्त गर्ने क्रममा नेपाल नगरपालिका संघका केन्द्रीय अध्यक्ष तथा निलकण्ठ नगरपालिका प्रमुख भीम प्रसाद ढुंगाना, सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र शर्मा, नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्री,रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्री, मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनाल, नागरिक अगुवा भूमा मगर लगायतको उपस्थिति रहेको थियो ।

    उहाँहरूले स्वर्गीय दुर्गा प्रसाद रेग्मीले समाजमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै उहाँको अभाव सधैं खड्किरहने उल्लेख गरे । साथै, हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मीसहित सम्पूर्ण रेग्मी परिवारले यस असह्य पीडा सहन सक्ने धैर्य, शक्ति र साहस प्राप्त गरून् भन्ने कामनासहित हार्दिक समवेदना व्यक्त गरेका छन् ।

    स्वर्गीय रेग्मीका पुत्रहरू हेम शर्मा रेग्मी, तीर्थ प्रसाद रेग्मी, वेद प्रसाद रेग्मी, डा. तीर्थराज रेग्मी, घनश्याम रेग्मी र मन प्रसाद रेग्मी तथा छोरी, बुहारी, ज्वाइँ, नातिनातिना र सम्पूर्ण परिवारजन तथा आफन्तजनप्रति पनि उपस्थित सबैले गहिरो समवेदना प्रकट गरेका थिए ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend