Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

युक्रेनी सेनाकाे ड्रोन आक्रमणमा परी रूसमा १३ जनाको मृत्यु, ४८ घाइते


२६, साउन २०८३
  • 105
    SHARES
  • युक्रेनी सेनाकाे ड्रोन आक्रमणमा परी रूसमा १३ जनाको मृत्यु, ४८ घाइते

    एजेन्सी । युक्रेनी सेनाले रुसको मध्यभागमा पर्ने ऊर्जा सम्पन्न तातारस्तान क्षेत्रमा रहेको निज्नेकाम्स्क सहरमा ड्रोन आक्रमणमा परी करिब १३ जनाको मृत्यु भएको छ ।

    सोमबार भएको आक्रमणमा एक बालक र मध्य एशियाली देशका नागरिकसहित १३ जनाको मृत्यु भएको हो । आक्रमणमा परी ४८ जना घाइते भएका छन् ।

    रुस–युक्रेन सीमाबाट एक हजार किलोमिटर टाढा रहेको यस क्षेत्रमा धेरै ठूला तेल प्रशोधन केन्द्र छन् । दुवै पक्षले एक-अर्काका पूर्वाधारलाई लक्षित गर्दै लामो दूरीका आक्रमण तीव्र बनाएसँगै युक्रेनले पछिल्ला आक्रमणमा यस्ता रिफाइनरीलाई निशाना बनाउँदै आएको हाे।

    साेही आक्रमणमा औद्योगिक तथा नागरिक पूर्वाधारमा क्षति पुगेको निज्नेकाम्स्कका मेयर रादमिर बेल्यायेभले टेलिग्राममार्फत जारी गरेको वक्तव्यमा बताउनुभएकाे छ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend