Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

२६५ मिटरको बुद्धमूर्तिदेखि औद्योगिक सहकार्यसम्म : चीन भ्रमणले जगायो कपिलवस्तुको विकासको नयाँ सम्भावना


२७, साउन २०८३
  • 480
    SHARES
  • २६५ मिटरको बुद्धमूर्तिदेखि औद्योगिक सहकार्यसम्म : चीन भ्रमणले जगायो कपिलवस्तुको विकासको नयाँ सम्भावना

    कपिलवस्तु । कपिलवस्तु र रुपन्देहीका जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीसहितको २० सदस्यीय नेपाली टोलीले नौ दिने चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएको छ। भ्रमणका क्रममा औद्योगिक विकास, पर्यटन, प्रविधि तथा नेपाल–चीन सहकार्यका विभिन्न सम्भावनाबारे महत्वपूर्ण छलफल भएको टोलीले जनाएको छ।

    लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी र कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलको नेतृत्वमा चीन पुगेको टोलीले ग्वाङदोङ, नान्जिङ र हुनान प्रान्तका विभिन्न सरकारी निकाय, उद्योग तथा कलकारखानाको अध्ययन–अवलोकन गरेको थियो। भ्रमणको सबैभन्दा महत्वपूर्ण विषय भने कपिलवस्तुको जगदीशपुर क्षेत्रमा प्रस्तावित २६५ मिटर अग्लो बुद्धमूर्ति निर्माण परियोजना बनेको छ।

    नेपाली टोलीले चिनियाँ पक्षसँग उक्त महत्वाकांक्षी परियोजनालाई अघि बढाउने सम्भावना, लगानी, निर्माण प्रविधि र सहकार्यको मोडलबारे छलफल गरेको हो। लुम्बिनी प्रदेशसभा सदस्य पन्थीका अनुसार करिब ३० अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजना सरकार–सरकार (G2G) अवधारणासहित सम्बन्धित सरकारी निकाय तथा संघ–संस्थाको सहकार्यमा अघि बढाउन सकिने विषयमा चिनियाँ पक्षसँग सकारात्मक छलफल भएको छ।

    पन्थीका अनुसार चीनसहित हङकङ, थाइल्यान्ड, सिङ्गापुर, मलेसिया र भारतमा समेत मूर्ति निर्माण गरिसकेको एरोसिन आर्ट इन्जिनियरिङ कम्पनीले परियोजनामा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। यसले परियोजनालाई अन्तर्राष्ट्रिय स्तरको प्राविधिक तथा निर्माण अनुभवसँग जोड्ने सम्भावना देखिएको छ। डीपीआर तयार भइसकेको भए पनि परियोजना कार्यान्वयनका लागि सरकारी प्रक्रिया, लगानी तथा निर्माणको मोडल र आवश्यक जग्गा व्यवस्थापन मुख्य चुनौतीका रूपमा रहेका छन्।

    यी विषयमा स्पष्ट निर्णय र संस्थागत समन्वय हुन सके परियोजनालाई कार्यान्वयनको चरणमा लैजान सकिने पन्थीको भनाइ छ। कपिलवस्तु नगरप्रमुख पौडेलले चीन भ्रमणबाट औद्योगिक विकास र रोजगारी सिर्जनाका विषयमा महत्वपूर्ण अनुभव हासिल भएको बताउनुभयो। चीनका उद्योग तथा कलकारखानाको अवलोकनले स्थानीय स्रोत, प्रविधि र लगानीलाई जोडेर कपिलवस्तुमै रोजगारीका अवसर विस्तार गर्न सकिने सम्भावना देखाएको उहाँको भनाइ छ।

    उहाँले जगदीशपुरमा विश्वकै अग्लो बुद्धमूर्ति निर्माण गर्न सकिए कपिलवस्तुको अन्तर्राष्ट्रिय पहिचानमा ऐतिहासिक परिवर्तन आउन सक्ने बताउनुभयो। बुद्धसँग जोडिएको कपिलवस्तुको ऐतिहासिक तथा धार्मिक महत्वलाई आधुनिक पर्यटन पूर्वाधारसँग जोड्न सके जिल्लाको पर्यटन अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सकिने उहाँको धारणा छ।

    भ्रमणका क्रममा नेपाली टोलीले चीनका विभिन्न उद्योग, स्वास्थ्य संस्था, ड्रोन कम्पनी, मूर्ति निर्माण कारखाना तथा चेम्बर अफ कमर्सका प्रतिनिधिसँग भेटघाट र छलफल गरेको थियो। प्रविधि हस्तान्तरण, औद्योगिक लगानी, व्यापार विस्तार, पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका विषयमा समेत अनुभव आदानप्रदान भएको टोलीले जनाएको छ।

    टोलीका सदस्यहरूका अनुसार चीन भ्रमण केवल अध्ययन तथा अवलोकनमा सीमित नभई कपिलवस्तुमा पर्यटन र औद्योगिक विकासका लागि सम्भावित चिनियाँ सहकार्य खोज्ने प्रयास समेत बनेको छ। जगदीशपुरमा प्रस्तावित २६५ मिटर अग्लो बुद्धमूर्ति निर्माण परियोजना कार्यान्वयनमा जान सके त्यसले कपिलवस्तुलाई बुद्धभूमिका रूपमा थप अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउने अपेक्षा गरिएको छ।

    तर यति ठूलो परियोजनाका लागि लगानीको सुनिश्चितता, सरकारी स्वीकृति, जग्गा व्यवस्थापन, वातावरणीय तथा प्राविधिक पक्ष र दीर्घकालीन सञ्चालन मोडल स्पष्ट पार्नु भने आवश्यक देखिएको छ। चीन भ्रमणबाट फर्किएको टोलीले अब चिनियाँ पक्षसँग भएका छलफललाई ठोस कार्ययोजनामा रूपान्तरण गर्न संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको जनाएको छ। बुद्धमूर्ति निर्माणसँगै औद्योगिक लगानी र पर्यटन पूर्वाधार विस्तारलाई समानान्तर रूपमा अघि बढाउन सके कपिलवस्तुको आर्थिक विकासमा नयाँ अध्याय सुरु हुन सक्ने देखिएको छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend