काठमाडौँ । जितु नेपाल र प्रियाना आचार्य अभिनित फिल्म ‘कार्की साइँला’ को टिजर सार्वजनिक भएको छ । यो पहिलो झलकले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ ।
सार्वजनिक टिजरमा मुख्य पात्रको जीवन संघर्षलाई चित्रण गरिएको छ । भारी बोकेर जीविका चलाउँदै आएका उनलाई अविवाहित भएको भन्दै साथीभाइले जिस्क्याएपछि ७ दिनभित्रै विवाह गरेर देखाउने अठोट यसको केन्द्रीय द्वन्द्व हो ।
टिजरमा जितु र प्रियानासहित सुशील पोखरेल, वीरेन्द्रसिंह कुशवाहा, मान्शी शर्मा लगायतलाई चित्रण गरिएको छ । राजेन्द्र बस्नेतको निर्देशनमा फिल्म तयार भएको हो ।
पटकथा एवं संवाद शंकर धिताल र सवीन अधिकारीको छ । फिल्ममा बालकुमार राई र निर्भिक बञ्जाराको लगानी छ । यो फिल्म २ असोजदेखि प्रदर्शन तयारीमा छ ।