Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बागमतीका नवनियुक्त मुख्यमन्त्रीले विश्वासको मत लिंदै, विपक्षमा मतदान गर्न कांग्रेस र राप्रपाको ह्वीप


८, भदौ २०८३
  • 115
    SHARES
  • बागमतीका नवनियुक्त मुख्यमन्त्रीले विश्वासको मत लिंदै, विपक्षमा मतदान गर्न कांग्रेस र राप्रपाको ह्वीप

    काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले साेमबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएकाे छ।

    नवनियुक्त मुख्यमन्त्री थापामगरले साेमबार दिउँसो १ बजे बस्ने बागमती प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यसूची रहेको हाे । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काे समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापामगरलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि मत दिने अनुमान गरिएको छ। तर राप्रपा भित्रको कलहले मत विभाजनमा असर पर्ने देखिएको हाे। राप्रपाले बागमती प्रदेशका मुख्यमन्त्रीले लिने विश्वासको मतमा विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरिसकेको छ।

    राप्रपाले विपक्षमा मतदान गर्न नसक्ने सांसदलाई तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन समेत निर्देशन दिएको हाे । तर मुख्यमन्त्री नियुक्तिको समयमै राप्रपाका सांसदले पार्टीको लाइन क्रस गरेर समर्थन जनाएको र सरकारमा पनि तीन मन्त्री सहभागी भएकोले साेमबार पनि राप्रपाका केही सांसदले मुख्यमन्त्रीलाई समर्थन गर्ने अनुमान गरिएको छ ।

    त्यस्तै, नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलले पनि प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापामगरलाई विश्वासको मत नदिन ह्विप जारी गरेको हाे । बागमती प्रदेशका प्रमुख सचेतक पुकार महर्जनले विश्वासको मत लिने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन र प्रस्तावको विपक्षमा मतदान गर्न ‘ह्विप’ जारी गर्नुभएको छ।

  • नारायणप्रसाद भट्ट सचिवमा बढुवा, कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी

    काठमाडौं । नेपाल प्रशासन सेवाका वरिष्ठ सहसचिव नारायणप्रसाद भट्ट राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा

  • खसीको मूल्य, बाख्रीको मासु : रातोपुलमा उपभोक्ता ठगीको आरोपमा तीन पक्राउ

    काठमाडौं । चाडबाड नजिकिँदै गर्दा उपभोक्तालाई ठगी गरेको आरोपमा राजधानीको रातोपुल क्षेत्रमा प्रहरीले तीन जनालाई

  • बाढीमा ज्यान गुमाएकाका शव तनहुँको जङ्गलमा व्यवस्थापन गरिँदै

    दमौली (तनहुँ) । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका र त्रिशूली नदीमा फेला परेका तर हालसम्म

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend