Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भोटेकोशी बाढीपीडितको पुनर्वास प्रदेश सरकारले गर्ने, स्थानीय तहले जग्गा दिने


२८, भदौ २०८३
  • 63
    SHARES
  • भोटेकोशी बाढीपीडितको पुनर्वास प्रदेश सरकारले गर्ने, स्थानीय तहले जग्गा दिने

    भक्तपुर । भोटेकोशी बाढीबाट घरबारविहीन भएका नागरिकको दीर्घकालीन पुनर्वासका लागि वाग्मती प्रदेश सरकारले स्थायी बस्ती निर्माण गर्ने भएको छ।

    वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले बाढीपीडितका लागि घर तथा बस्ती निर्माण गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। त्रिशूली नदीको दायाँ–बायाँ क्षेत्रमा अब बस्ती बसाउन नहुने भन्दै उनले सुरक्षित स्थानमा पीडितको पुनर्वास गर्ने नीति प्रदेश सरकारले अघि सारेको बताए।

    उनका अनुसार घरबार गुमाएका नागरिकलाई दीर्घकालीन रूपमा सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले स्थानीय तह र प्रदेश सरकारबीच सहमति भएको छ। स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले आवश्यक पूर्वाधारसहित बस्ती निर्माण गर्ने योजना अघि बढाइएको हो।

    मुख्यमन्त्री थापामगरले नुवाकोटका बाढीपीडितका लागि विदुर नगरपालिकामा जग्गा उपलब्ध गराउने सहमति भइसकेको र रसुवाका प्रभावितका लागि भने उपयुक्त जग्गाको खोजी भइरहेको बताए।

    प्रदेश सरकारले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकता दिएको उनको भनाइ छ। पुनर्वाससँगै प्रभावित परिवारलाई रोजगारीको अवसर सिर्जना गर्ने तयारीसमेत भइरहेको उनले बताए।

    उद्योग वाणिज्य महासंघ तथा निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग सहकार्य गरी प्रभावित परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने विषयमा छलफल सुरु गरिएको मुख्यमन्त्री थापामगरले जानकारी दिए।

    त्यस्तै, बाढी प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने तथा उनीहरूको आवासको जिम्मेवारीसमेत प्रदेश सरकारले लिने निर्णय गरेको उनले बताए। त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको उनको दाबी छ।

    प्रदेश सरकारको यो योजनाले बाढीबाट विस्थापित परिवारलाई तत्काल राहतभन्दा माथि उठेर सुरक्षित आवास, शिक्षा र रोजगारीसहित दीर्घकालीन पुनर्स्थापनाको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

     
     
     

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend