Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भलिबलमा योगदान दिने सम्मानित


७, भदौ २०८०
  • 129
    SHARES
  • भलिबलमा योगदान दिने सम्मानित

    गण्डकी । गण्डकी प्रदेश भलिबल सङ्घले भलिबल खेलमा योगदान दिएका चारजनालाई सम्मान गरेको छ ।

    भलिबल सङ्घका केन्द्रीय सल्लाहकार एवं भलिबलका पूर्व खेलाडी हरिप्रसाद पराजुली, टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा, भलिबल गीतका रचनाकार आरजु विष्ट सल्यानी तथा गीतका गायक सङ्गीतकार विनोद बानियालाई बुधबार पोखरामा सम्मान गरिएको हो । 

    आफ्नो जीवनकालमा भलिबलसँग जोडिएर योगदान दिएको भन्दै चारैजनालाई सङ्घका उपाध्यक्ष यमबहादुर गुरुङ, गण्डकीका अध्यक्ष नवीनकुमार गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङलगायतले सम्मानपत्रसहित सम्मान गर्नुुभएको हो ।

    सम्मानित व्यक्तित्व पूर्व खेलाडी पराजुलीले आफ्नो जीवन खेलकुदमै समर्पण भएको उल्लेख गर्दै खेलमा सफलता पाउन दृढ इच्छाशक्ति चाहिने बताउनुुभयो । टाइगर ग्रुप पोखराका अध्यक्ष शर्माले भलिबलको उर्वरभूमि गण्डकीले आफ्नो खेलप्रतिको छविलाई जोगाउन यसको विकास र निरन्तरतामा जोड दिनुुपर्ने बताउनुभयो ।   

    ‘लौ आयो भलिबल’ गीतका गायक तथा सङ्गीतकार बानियाले खेलकुदका गीतको अभाव देखिएको परिवेशमा अहिलेसम्म एक दर्जन गीत पस्किएको बताउनुुभयो । गण्डकी खेलकुद परिषद्का उपाध्यक्ष गुरुङले गण्डकीमा भलिवल सङ्घ तथा विभिन्न समूह, संस्थाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend