Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

क्रिकेटर लामिछाने पाकिस्तान प्रस्थान


११, भदौ २०८०
  • 252
    SHARES
  • क्रिकेटर लामिछाने पाकिस्तान प्रस्थान

    काठमाडौँ । एसिया कप क्रिकेट खेल्नका लागि राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान गएका छन् । 

    अदालतमा मुद्दा विचाराधिन रहेका कारण टिमसँगै जान नपाएका सन्दीप पेशी सरेपछि सोमबार पाकिस्तान प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले बिदाई गर्नुभएको थियो । पाकिस्तान जानुअघि सन्दीपले एसियाकपमा राम्रो प्रदर्शन गर्ने बताए । आफूले पनि राम्रो अभ्यास गरेको बताउँदै आफू खेल्नलाई फिट रहेको पनि उनले बताए ।

    त्यस्तै राखेप सदस्य सचिव घिसिङले एसिया कप क्रिकेट खेल्नु आफैमा ऐतिहासिक रहेको भन्दै उक्त खेलका लागि सन्दीपको भूमिका पनि अर्थपूर्ण रहेको बताउनुभएको छ । एसिया कपमा नेपालले राम्रो नतिजा निकाल्ने उहाँले बताउनुभयो । 

    मुद्धाको पेशी आईतबार रहेका कारण सन्दीप नेपाली टिमसँग पाकिस्तान गएका थिएनन् । मुद्धा आईतबार हेर्न नभ्याईने भन्दै भदौ २१ गतेको पेशी तोकिएको छ । अर्को पेशी अघिनै खेल्न भ्याईने भएपछि सन्दीप एसिया कपका लागि पाकिस्तान गएका हुन् ।  नेपालले एसिया कप क्रिकेटमा अगष्ट ३० मा पाकिस्तानसँग र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा खेल्नेछ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend