Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जुकेनामा बिपि स्मृति भवन शिलान्यास


१४, जेठ २०८०
  • 343
    SHARES
  • जुकेनामा बिपि स्मृति भवन शिलान्यास

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–५ जुकेनामा  बिपि स्मृति भवन बन्ने भएको छ । पुर्व सांसद निर्मला क्षेत्री को पहलमा उक्त भवन निर्माण हुने भएको हो । 

    करिब १ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यस गर्दै पूर्व प्रदेश सभा सदस्य  निर्मला क्षेत्रीले विपिको सपनालाई पूरा गर्न पाएकोमा आफु खुसी भएको तर्क गरे । पूर्व नेपाली कांग्रेसका संसदीय दलको सचेतक समेत रहेका उनले  देश र जनताको लागी विपिले गरेको योगदान कसैले भुल्न नहुने बताए । लुम्बिनी प्रदेश सरकारबाट  क्षेत्रीकै पहलमा १० लाख बजेटमा उक्त भवन निर्माणका लागी बिनियोजन भएको थियो । भवन शिलान्यस कांग्रृेस  नेतृ निर्मला श्रेत्री र नगरप्रमुख छबिलाल  पौडेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

    कार्यक्रममा जिल्ला सभापति केशव श्रेष्ठ , सचिब कृष्ण खनाल , वडा सभापति राम प्रसाद भुसाल , सचिव मुक्ती पौडेल , वडा अध्यक्ष चन्द्रमणी बेल्वासे ,सदस्य मिना परियार , दामोदर न्यौपाने पुर्ब पडाध्यक्ष कमल प्रसाद पौडेल , मिना पौडेल  लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको पत्रकार अम्बिका बेल्बासे श्रेष्ठले बताए । 

    1685282447456.jpg
    1685282447443.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend