Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विदेश पठाइदिन्छु भन्दै ११ लाख रुपैयाँभन्दा बढी ठगी गर्ने पक्राउ


२५, पुस २०८०
  • 185
    SHARES
  • विदेश पठाइदिन्छु भन्दै ११ लाख रुपैयाँभन्दा बढी ठगी गर्ने पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्यान्ड, सर्बिया र मलेसियामा पठाइदिन्छु भन्दै ११ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

    सरिता घलानसहितका व्यक्तिलाई सर्बिया पठाइदिन्छु भनेर आठ लाख ९० हजार रुपैयाँ लिएर फरार भएका उदयपुरको कटारी घर भएका विकास कुमार घले र सञ्जय लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    यस्तै पोल्यान्ड पठाइदिन्छु भनी दुई लाख १५ हजार रुपैयाँ ठगी गर्ने दोलखाको भीमेश्वर घर भई अहिले काठमाडौँ बस्ने पूजा श्रेष्ठ पनि पक्राउ परेकी छिन् ।

    उनले पोल्यान्ड जान साढे आठ लाख रुपैयाँ लाग्छ र गएपछि मासिक डेढ लाख रुपैयाँ कमाइ हुन्छ भनेर लोभ देखाएर ठगेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    यसैगरी मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने रौतहट घर भई काठमाडौँ बस्ने बिन्दालाल साह पनि पक्राउ परेका छन् । उनले नरेश शाह कानुलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु, आकर्षक तलब हुन्छ भनी रकम लिएर सम्पर्कविहीन भएका थिए ।

    पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend