हुम्ला । हुम्लामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुने अदानचुली गाउँपालिका–१ कल्खे गाउँका २४ वर्षीय गौरीलाल दानी रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर दानीको मृत्यु भएको प्रहरीले जनाएको छ । कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए ।
खोज्ने क्रममा सोमबार बिहानै दानी मृतावस्थामा दोमुख नजिक भेटिएको प्रहरीले जनाएको छ ।