Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा मकै प्रर्वद्धन कार्यक्रम शुरु,नगरपालिकाले बजारीकरण गर्ने


२४, जेठ २०८०
  • 349
    SHARES
  • अर्घाखाँचीमा मकै प्रर्वद्धन कार्यक्रम शुरु,नगरपालिकाले बजारीकरण गर्ने

     अर्घाखाँची। कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य राखेको अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले बजारको जिम्मा लिनेभएको छ । भुमिकास्थान नगरप्रमुख झविलाल थापा,उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत नारायण पोख्रेल र कृषिशाखा प्रमुख राम बहादुर थापाले कृषकले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्ने जिम्मा नगरपालिकाले लिने प्रण गर्नुभएको हो ।

    कृषि टेवा कृषक समुह भुमिकास्थान–२ ठुलाखर्कले आयोजना गरेको मकै प्रवद्र्धन कार्यक्रमको सार्वजनिक सुनुवाईलाई सम्बोधन गर्दै उहाँहरुले एकै स्वरमा बजार व्यवस्थापनको जिम्मा लिने प्रतिवद्धता गर्नुभएको हो । आफ्नो उपजको बजारीकरणमा स्थानिय सरकारले सहयोग गर्नेभएपछि भुमिकास्थानका किसानहरुपनि हर्षित भएका छन् ।

    कृषि,पर्यटन र उद्योगलाई मुख्य आर्थिक विकासको आधार मानेको भुमिकास्थानले पन्चबर्षिय आवधिक योजनामार्फत काम गर्न थालेको छ । सोही योजना र निति अनुसार बितरणमुखी अनुदानलाई निस्तेज गरि उत्पादनको बजारिकरण,प्राबिधिक तथा प्रविधिमा सहयोग गर्ने नगरपालिकाको निति रहेको उहाँहरुले बताउनुभएको छ । कृषिमा बाँदर,बँदेल तथा अन्य जंगली जनावरबाट जोगाउन सामुदायिक वन तथा खोरियामा समेत फलफुल तथा ति जनावरले खाने खेती गर्न र मुल खेतबारीमा व्यवसायिक खेती गर्न नगरपालिकाको सुझाव रहेको छ ।

    कृषि टेवा कृषक समुह भुमिकास्थान–२ ठुलाखर्कले यसबर्ष ५ टन मनकामना ३ को मुल बिउ उत्पादन गर्ने भएको छ । नगरपालिकाको ४ लाख र कृषकहरुको ४ लाख ३८ हजार ७ सय रुपैयाँको लागतमा कृषि टेवा कृषक समुह भुमिकास्थान–२ ठुलाखर्कले २ सय ६० किलो स्रोत बिउ रोपेको उक्त समुहका सहजकर्ता कुलराज खनालले जानकारी दिनुभएको छ ।

    यो समुहले यस अगाडि पनि गहुँ र मकैको मुल विउ उत्पादन तथा निर्यात, गहुँ र धानको डेमो प्रदर्शन, व्यवसायिक हलेदो उत्पादन जस्ता कार्य गरिसकेको सहजकर्ता खनालको भनाई छ । समुहका अध्यक्ष पार्वता खनालको अध्यक्षता, कृष्ण भाटको स्वागत मन्तव्य र सचिव निर्मला खनालको संचालनमा सम्पन्न कार्यक्रममा उपस्थित अतिथिहरुलाई समुहमा आवद्ध सदस्यहरुले कृषिकै गित गाएर स्वागत गर्नुभएको थियो ।

    भुमिकास्थान नगरपालिकाका योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसाल, भुमिकास्थान–२ का वार्ड सचिव प्रकाश नेपाली, पत्रकार तथा अन्य सरोकारवालाको उपस्थितिमा सम्पन्न कार्यक्रममा मकै प्रवद्र्धन कार्यक्रमको निम्ती खरिद गरिएका मिनिटेलर सहित अन्य कृषि औजार समेत किसानलाई हस्तान्तरण गरिएको छ ।

    व्यवसायिक कृषिको विकासमा लागेको भुमिकास्थान नगरपालिकाले पछिल्लो समय पकेट तथा ब्लक विधिबाट कृषि कार्यक्रम संचालन गर्न थालेको छ ।

    received_126329633800728.jpeg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend