कपिलवस्तु । कपिलवस्तुमा ३ दिने स्वच्छ तथा सफा दुध उत्पादन तालिम सम्पन्न भएको छ । बाणगंगा नगरपालिका पशु सेवा शाखाको सहयोग र बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाको सहजीकरणमा उक्त तालिम सम्पन्न भएको संस्थाका व्यवस्थापक मिना आले काउचाले जानकारी दिइन् ।
कृषकहरुलाई स्वच्छ दुध उत्पादनमा जोड दिने उद्धेश्य सहित जेठ २१ देखी २३ गतेसम्म संचालित उक्त तालिममा बाणगंगा नगरपालिकाका वडा नं.५ र ६ का १८ जना कृषकहरु सहभागी भएका थिए ।
कार्यक्रम बोल्दै बाणगंगा नगरपालिका पशु शाखाका प्रमुख राज कुमार तिवारीले कृषकलाई आत्मनिर्भर बनाउन कार्यक्रम आयोजना गरिएको बताए । उनले कृषकहरुलाई हौसला बढाउन नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
यसै गरी कार्यक्रममा बोल्दै बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाका अध्यक्ष तुलसी थापाले उक्त तालिमले धेरै कृषकहरु लाभान्वित भएको बताइन् । थापाले कृषकलाई आर्यआर्जनमा जोड दिन तालिम महत्वपूर्ण रहेको उल्लेख गरिन् । तालिममा बाणगंगा नगरपालिका पशु सेवा शाखाका प्रमुख राजकुमार तिवारी,डा.यमलाल पोखरेल र खुमानन्द पोखरेलले सहजकर्ताको भूमिका निभाएका थिए ।
कार्यक्रम बाणगंगा नगरपालिका पशु सेवा शाखाका प्रमुख राजकुमार तिवारीको प्रमुख आतिथ्यता, तुलसी थापाको अध्यक्षता र खुमानन्द पोखरेलको कार्यक्रम संचालनमा सम्पन्न भएको थियो ।