Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सूचना प्रविधि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न


२३, माघ २०८०
  • 460
    SHARES
  • सूचना प्रविधि सम्बन्धी एक दिने अभिमुखीकरण  कार्यक्रम सम्पन्न

    गुल्मी। सुचना प्रविधि सम्बन्धी सरोकारवाला निकायलाई जानकारी दिने उदेश्यले गुल्मीको तम्घासमा आयोजना गरिएको एक दिने सूचना प्रविधि सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    जिल्लाका विभिन्न क्षेत्रमा रहि सूचना प्रविधि सम्बन्धी व्यवसाय गर्ने,सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत र बिभिन्न पेशामा संलग्न सरोकारवालालाई समावेश गरि उक्त अभिमुखीकरण गरिएको थियो।

    गुल्मी लगायत छिमेकी जिल्लाहरुमा कम्प्युटर लगायत बिभिन्न सुचना,संचार र प्रविधिको क्षेत्रमा कार्य गर्दै आएको चर्चित सप्लायर्स हाइस्पीड कम्प्युटर प्रा.लि.को आयोजना र संसारका झन्डै एक सय भन्दा बढी देशहरूमा सुचना र प्रविधिसंग सम्बन्धित सामाग्री उत्पादन र वितरण गर्दै आइरहेको रुजी रि ब्राण्डको सहयोगमा उक्त अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हाइस्पीड कम्प्युटर प्रा.लि.का सञ्चालक कृष्ण खनालले जानकारी दिनुभयो।

    अभिमुखीकरण कार्यक्रममा रुजी रि कम्पनीको तर्फबाट प्रशिक्षक रोशन गिरी र कृष्ण खनालले सूचना प्रविधिसँग सम्बन्धीत् प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रमका सहभागीमध्ये आफ्ना अनुभव राख्दै सिद्दबाबा माध्यमिक विद्यालयका शिक्षक टीका खड्काले नेटवर्क र इन्टरनेट सम्बन्धी धेरै जानकारी प्राप्त गर्ने अवसर मिलाएको प्रति आयोजकलाई धन्यवाद दिनुभयो।

    बढ्दो बजारीकरण, प्रविधिको उच्चतम प्रयोग एवं दिनानुदिन भएको प्रविधिको विकाससँगै नयाँ-नयाँ प्रविधिहरू नेपालमा पनि भित्रिरहेको सन्दर्भमा अभिमुखीकरणबाट अपडेट हुने अवसर मिलेको सहभागीले बताए।

    विगत १२ वर्षदेखि गुल्मी र आसपासका जिल्लाहरूमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सेवाहरू प्रदान गर्दै आइरहेको हाइस्पीड कम्प्युटर प्रा.लि.ले रुजी रिको आधिकारिक वितरकको रूपमा उक्त प्रविधिहरू पनि बिक्रि वितरण सुरु गरेको सञ्चालक खनालले बताउनुभयो। 

    चीनमा उत्पादन हुने उक्त प्रविधिहरूले विश्व बजारका विभिन्न देशहरूमा विभिन्न अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेको छ।नेपालमा पनि नेटवर्क र इन्टरनेट डिभाइसमा ठुलो बजार हिस्सा लिने कम्पनीका नेपालका प्रतिनिधिहरूले दावी गरेका छन्।

    सदरमुकाम स्थित बिभिन्न विधालयका शिक्षक,सहकारीका ब्यबस्थापक,सुचना प्रविधिका सप्लायर्स र संचारकर्मीको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा नेटवर्क डिजाइन, नेटवर्क र इन्टरनेट उपकरणहरूको उत्पादन र बिक्री वितरण, नेटवर्क सुरक्षा सम्बन्धी जानकारी दिइएको हाइस्पीड कम्प्युटरका सञ्चालक कृष्ण खनालले जानकारी गराउनुभयो ।425867537_332204343136630_1479381905596901529_n.jpg

  • सन् २०३० सम्ममा देशभर १० हजार चार्जिङ स्टेशन निर्माण गर्न अध्ययनको सुझाव

    काठमाण्डौ पूर्वाधार विकास मन्त्रालयको एक अध्ययनले नेपालमा विद्युतीय गाडीको प्रवर्द्धनकालागि सन् २०३० सम्म देशभर

  • काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गरिने

    काठमाडौं । सरकारले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको

  • सरकारी सूचनामा निजी मिडिया बहिष्कृत: अब गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमै मात्र प्रकाशन/प्रसारण

    काठमाडौं l सरकारले अबदेखि सार्वजनिक निकायका सबै सूचना तथा विज्ञापन सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend