Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भुमिकास्थानमा प्रभावकारी बन्दै कर्मशिल कार्यक्रम,पोष्करका झोला र टोपी निर्यात गर्दै 


१८, फागुन २०८०
  • 264
    SHARES
  • भुमिकास्थानमा प्रभावकारी बन्दै कर्मशिल कार्यक्रम,पोष्करका झोला र टोपी निर्यात गर्दै 

    अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले संचालन गरेको कर्मशिल जनशक्ति परिचालन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बाँझो जग्गा खनेर गहत, प्याज र विभिन्न तरकारी खेतीबाट मनग्य आम्दानी हुने र कर्मशिल उद्यमीले तयार पारेका हस्तकलाका सामाग्री विदेशमा निर्यात हुन थालेपछि कर्मशिल कार्यक्रमको महत्व बढेर गएको हो ।

    स्वरोजगार सिर्जना गर्ने, बसाइसराई नियन्त्रण गर्ने र आन्तरिक आम्दानी वृद्धि गरि भुमिकास्थानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कर्मशिल कार्यक्रम ल्याएको भुमिकास्थानले मकैको पोष्कर र थाकलको पातबाट निर्माण हुने हस्तकला सामाग्रीलाई व्यवसायिक रुपमै अगाडि बढाउने भएको छ ।

    चालु आर्थिक बर्ष २०८०/०८१ बाट भुमिकास्थान नगरपालिकाले सुरु गरेको कर्मशिल जनशक्ति परिचालन कार्यक्रम अन्तरगत प्रत्येक वडाबाट १० जनाका दरले १ सय जना कर्मशिल महिला उद्यमी तयार गरि मकैको पोष्कर र थाकलबाट टोपी र झोला निर्माण गर्न थालेपछि यसलाई व्यवसायिक रुपमै अगाडि बढाउने भएको हो ।

    जसको निम्ती भुमिकास्थान नगरपालिकाका १ सय जना उद्यमी, नगरपालिका र बजारिकरणको जिम्मा लिएको ओम राजश्री मल्टि एग्रो प्रा.ली. काठमाडौं विच गुणस्तरिय उत्पादन र बजारिकरणमा इमान्दारिता पूर्वक जिम्मेवारि पूरा गर्ने त्रिपक्षिय प्रतिवद्धता भएको छ ।

    तालिम प्राप्त १ सय जना उद्यमी, नगरपालिका र तालिम तथा बजारिकरणमा सहजीकरण गर्दै आएको ओम राजश्रीका प्रतिनिधिविच बिहिबार पोखेडाँडामा बृहत अन्तरक्रिया गरि यस्तो प्रतिवद्धता व्यक्त गरिएको हो ।

    गत कार्तिक १२ गतेदेखि पहिलो चरणमा ३० दिने, दोस्रो र तेस्रो चरणमा १५ र ५ दिने तालिम पश्चात अहिले भुमिकास्थानका १० वटै वडाहरुमा १ सय जना महिला उद्यमीले झोला र टोपी निर्माण गर्दै आएका छन् ।नगरपालिकामा कर्मशिल जनशक्ति परिचालन कार्यक्रम संचालनमा ल्याएपछि भुमिकास्थानमा अहिले मकै भन्दा पोस्करको मुल्य बढि पर्नेभएको छ ।

    घरको काम सकाएर अतिरिक्त समयमा महिला उद्यमीले मकैको पोष्कर र थाकलको पातबाट टोपी र झोला बनाउन सक्ने भएपछि भुमिकास्थानका नागरिकको अतिरिक्त आम्दानी समेत थपिन थालेको छ । आफ्नै बारीमा फलेको मकैबाट निस्किएको पोस्करबाट मुल्यवान हस्तकला सामानबाट नसोंचेको अतिरिक्त आम्दानी हुन थालेपछि स्थानिय बासिन्दा पनि दङ्ग छन् ।

    गाईभैंसीलाई घाँस हाल्ने, नखाए खेर फाल्ने मकैको पोस्करबाट टोपी र झोला जस्ता सामान बनाउने सिप सिकाएर तयारी सामान ओम राजश्री मल्टि एग्रो प्रा.लि. काठमाडौंले खरिद गरिदिने भएपछि भुमिकास्थानका किसानहरुमा अर्को खुशी थपिएको हो । भुमिकास्थानका १० वटै वडाबाट प्रतिनिधित्व गर्दै अहिले १ सय जनाले तालिम लिएर कर्मशिल जनशक्तिको रुपमा काम गर्न योग्य भएको नगरप्रमुख झविलाल थापाले बताउनुभएको छ। 

    “खेर जाने पोस्करबाट आम्दानी दिने सामाग्री बनाउन हामीले अभियान चलाएका छौं” नगर प्रमुख थापाले भन्नुभयो, “यहाँका नागरिक पनि हाम्रो अभियानलाई साथ दिंदै व्यावसायिक रूपमै काममा लाग्ने योजना बनाउन थाल्नुभएको छ ।” उहाँले अगाडि थप्नुभयो,“ सबैलाई उत्पादनमा जोडेर भुमिकास्थानलाई समृद्ध बनाउने लक्ष्य लिएका छौं ।” सुकेको पोस्करकै प्रति किलो १ सय ५० रुपैंया, पोस्करबाट बनेको टोपी प्रति थान ६ सय रुपैंया र झोला प्रति थान ५ सय रुपैंयामा बिक्री हुन थालेपछि सर्वसाधारणलाई स्वरोजगारको अवसर सिर्जना भएको नगर प्रमुख थापाको तर्क छ ।

    कर्मशिल जनशक्ति परिचालनबाट तयार हुने सामाग्री तथा उपजको बजारीकरणको ग्यारेन्टि भएसंगै भुमिकास्थानका सर्वसाधारणको आन्तरिक आम्दानी बढ्ने, स्वरोजगारको सिर्जना हुने र बसाइसराई रोकिने आँकलन गरिएको नगर उप–प्रमुख बालकृष्ण बन्जाडेको धारणा छ ।

    ३० दिने तालिमकै समयमा प्रयोग भएको पोस्कर र तयार भएका हस्तकलाका सामाग्री समेत नगरपालिका मार्फत ओम राजश्री काठमाडौंले खरिद गरि पैसा दिन थालेपछि व्यावसायिक रूपमै पोस्करका सामाग्री बनाउन भुमिकास्थानका किसानको रहर जागेको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यको भनाई छ ।

    तालिम अवधिमा १ सय जना उद्यमीले तयार पारेका हस्तकला सामाग्री टोपी र झोला विक्रिबाट ३ लाख १२ हजार रुपैंया उद्यमीले आम्दानी गरिसकेको भुमिकास्थानका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालले जानकारी दिनुभएको छ । उहाँका अनुसार भुमिकास्थानका १० वटै वडामा पोष्कर र थाकलबाट तयार भएका सामाग्रीलाई संकलन र बजारीकरण गर्न भुमिकास्थानले कोशेलीघर स्थापना गर्ने योजना समेत बनाएको छ ।

    अन्तरक्रिया कार्यक्रममा भुमिकास्थान–५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, ओम राजश्री मल्टि एग्रो प्रा.लि.का प्रवन्ध निर्देशक युवराज गैरे, पत्रकार महासंघका जिल्ला सदस्य गोपाल प्रसाद भट्टराई र कर्मशिल उद्यमीहरुका प्रतिनिधिहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँहरुले कर्मशिल जनशक्ति परिचालन अभियान निकै प्रभावकारी रहेको भन्दै यसलाई सफल पार्न सबैको हातेमालोको खाँचो औल्याउनुभएको छ ।

    भुमिकास्थानका जनप्रतिनिधि, कर्मचारी, बजारिकरणको जिम्मा पाएको ओम राजश्रीका प्रतिनिधि, कर्मशिल महिला उद्यमी र सरोकारवालाको उल्लेख्य सहभागितामा सम्पन्न बृहत अन्तरक्रिया कार्यक्रम मार्फत कर्मशिल जनशक्ति परिचालन कार्यक्रमलाई सफल पार्न सबैले हातेमालो उद्घोष गरिएको भुमिकास्थान नगरपालिकाका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनको भनाई छ ।

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • भोटेकोसीको ११औँ दिन : राहतको थुप्रो, पीडितको पीडा-समन्वय कहाँ चुक्यो?

    निर्मला क्षेत्रीको खबरदारी-‘उद्धार कहाँ चुक्यो, समन्वय किन कमजोर भयो? अब भाषण होइन, पीडितलाई जीवन फर्काउने

  • ७ मिनेटमा २२ किलोमिटरको विनाश : हिमालबाट खसेको हिउँले कसरी निम्त्यायो रसुवागढीको महाविपत्ति?

    बिशेष रिपोर्ट ५,२०० मिटर माथिबाट खसेको हिउँको ढिस्को, त्यसबाट उत्पन्न ऊर्जा र ५.२ म्याग्नेच्युडको कम्पन-रसुवागढी बाढी

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend