चण्डिगढ । रुपन्देहीका एक बैकमा काम गर्ने युवा एकाएक हराएका छन् । तिलोत्तमा नगरपालिका वडा न– ७ का हेमराज पौडेलका ३२ वर्षिय छोरा पवन पौडेल हराएका हुन् । जेठ १२ गतेदेखि हराएका पवन हालसम्म कहिँकतै फेला नपरेपछि परिवारजन चिन्तित हुन पुगेका छन् । सिटिजन्स बैंक नवलपरासी बर्दघाट सुस्ता पश्चिमको भुमहीमा रहेको शाखा कार्यालयमा कार्यरत पवन सिद्धार्थनगर नगरपालिका भैरहवाको बुद्धचोकबाट सम्पर्कविहिन भएको बताईएको छ ।
पवनका बुवाआमाले छोराको खोजीका लागि रुपन्देहीसँग सिमा जोडिएको भारतको सुनौली नाकाबाट भारतीय बसमा बसी चण्डिगढ हिडेको खबरको आधारमा ४ दिन अघि खोजतलास गर्न भारतको चण्डिगढसम्म पुगेका थिए ।
तर उनिहरु त्यहाँसम्म पुग्दा भने चण्डिगढको सेक्टर ४३ बसपार्कको सिसिटीभी फुटेज जाँच गर्दा पवन बसपार्क अगाडी देखिएको जनाईएको छ। त्यसपछी परिवारले हिमाचल र चण्डिगढका विभिन्न स्थानमा मूल प्रभाह एकता समाजको साहारामा खोजतलासलाई तीव्र पारेको परिवारजनले जनाएको छ । घरपरिवारले हराएका सदस्यको खोजीका लागि सम्बन्धित निकायलाई अपिल गरेका छन्। सन्तानमा एउटा मात्रै छोरा सम्पर्क विहिन भएपछि बुवाआमा निकै तनावमा परेका छन् ।