भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ गोहूँगावस्थित भगवान भोलेनाथ मन्दिरमा भोलेनाथ मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।
समाजसेवी तथा युवा नेता विनय कुमार मिश्राले मूर्तिको प्राणप्रतिष्ठा गरेका हुन् । मन्दिरको शिलान्यासदेखि नै मन्दिर निर्माणमा समाजसेवी मिश्राको सहयोग रहेको मन्दिरका पुजारी नरेश हरिजनले बताउनुभयो ।
धर्म बिनाको समाज र समाज बिना धर्मको अस्तित्व सम्भव नरहेकोले धार्मिक गतिविधिमा पूर्ण आस्थाको साथ सधै सहयोग गर्न आफू प्रतिबद्ध रहेको समाजसेवी मिश्राले बताउनुभयो ।
मन्दिरले धार्मिक आस्था र पहिचान मात्र नभई पर्यटकीय स्थल प्रबर्द्धनमा समेत ठूलो प्रभाव पार्ने मानव अधिकारकर्मी अग्नि शक्ति यादवले बताउनुभयो ।
मन्दिर शिलान्यास कार्यक्रममा मानव अधिकारकर्मी अग्नि शक्ति यादव, युवा समाजसेवी चन्दन तिवारी स्वतन्त्र मधेशी विद्यार्थी युनियनका अध्यक्ष अनुप द्विवेदी, दिलिप शुक्ला लगायतको उपस्थिति रहेको थियो ।