Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सहकारी ठगी प्रकरणमा सीआईबीले छाडेका गुरुङलाई ललितपुर प्रहरीले समात्यो


५, वैशाख २०८१
  • 236
    SHARES
  • सहकारी ठगी प्रकरणमा सीआईबीले छाडेका गुरुङलाई ललितपुर प्रहरीले समात्यो

    काठमाडौं - प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छाडेका लिला गुरुङलाई ललितपुर प्रहरीले फेरि पक्राउ गरेको छ ।

    काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्ष रहेका गुरुङसहित तीन जनालाई सीआईबीले मंगलबार छाडेको थियो । सहकारीमा ठगी गरेको रकम फिर्ता गरेपछि उनीहरूविरुद्ध मुद्दा नचल्ने रायसहितको प्रतिवेदनका आधारमा उनीहरूलाई छाडिएको थियो ।

    तर, गुरुङले ललितपुरको मानभवनस्थित अर्को कल्याण उपकार सेभिङ एन्ड क्रेडिटको रकमसमेत अपचलन गरेको भन्दै ललितपुर प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए ।

    उक्त सहकारी विरुद्ध हालसम्म १४२ जनाले प्रहरीमा उजुरी दिएका छन् । गुरुङ कल्याण उपकार सहकारीका अध्यक्ष हुन् ।

    उक्त सहकारीले करिब १९ करोड रुपैयाँ ठगी गरेको खुलेको छ । कल्याण उपकारका थप ६ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । उनीहरू सबै फरार छन् ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend