Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवरभवानी


९, वैशाख २०८१
  • 189
    SHARES
  • धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवरभवानी

    बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैजापुरस्थित ऐतिहासिक भुवरभवानी मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।  

    भुवरभवानी मन्दिरमा पर्यटन प्रवद्र्धन गर्दै जिल्लाकै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफुहरु लागिपरेको राप्ती सोनारी–३ बैजापुरका अगुवा प्रेमराज श्रेष्ठले बताउनुभयो । 

    “धार्मिक पर्यटकीय क्षेत्रका रुपमा भुवरभावनी मन्दिरलाई विकास गर्न हामी लागिपरेका छौँ ”, उहाँले भन्नुभयो, “माघी मेलामा मात्र नभइ बाह्रै महिना धार्मिक पर्यटक आउने वातावरण बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोगको खाँचो रहेको छ ।”

    भुवरभवानी मन्दिरमा थारु समुदायको प्रमुख पर्व माघीको अवसरमा चार दिनसम्म पूजाआजासँगै माघी मेला लाग्ने गर्दछ । यसबाहेक जेठ महिनाको पञ्चमी तिथिमा जेठी पूजैया र मङ्सिरमा लवाङ्गी नयाँ अन्न चढाउने विशेष पूजा हुने स्थानीय अगुवा बरघरका नेता चौधरी विष्णुप्रसाद थारुले बताउनुभयो ।

    “राप्ती सोनारी गाउँपालिकाको वडा नं २, ३, ४ र ५ का स्थानीयले भुवरभवानी मन्दिरमा विशेष आस्थाका साथ पूजाआजा गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “जेठी र लवाङ्गी पूजैया गर्दा जति खर्च हुन्छ त्यो चार वडाका नौ सय घरपरिवारबाट दामासाही तरिकाले सङ्कलन गर्ने चलन रहेको छ ।”

    भुवरभवानी मन्दिर परिसरमै बागेश्वरी मन्दिर पनि रहेको छ । भुवर भवानी तथा बागेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिले मन्दिरको व्यवस्थापन गर्दै आएको छ । बैजापुरको वनघुस्री क्षेत्रको हरियाली डाँडामा रहेको भुवरभवानी मन्दिर रमणीय र सुन्दर रहेकाले एकपटक पुग्ने व्यक्ति फेरि आउने गरेको मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिका निवर्तमान अध्यक्ष तुलसीराम थारुले बताउनुभयो ।

    उहाँले आफ्नो कार्यकालमा मन्दिरलाई वैधानिक रुपमा सञ्चालनका लागि विधान बनाउनेदेखि मन्दिरको सौन्दर्यकरण र मन्दिर परिसरमा वनभोजस्थल निर्माण कार्य गरेको बताउनुभयो । 

    गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारुले भुवरभवानी मन्दिर धार्मिक पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको बताउनुभयो । आफू गाउँपालिका अध्यक्ष हुँदा मन्दिरको संरक्षण र सम्वद्र्धनका साथै पूर्वाधार विकासका काम गरेको उल्लेख गर्दै उहाँले अब धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो । 

    वडा नं २, ३, ४ र ५ का स्थानीय अगुवा, बडघर र मतहवाको उपस्थितिमा शनिबार भएको भुवरभवानी तथा बागेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिको पाँचौँ साधारणसभाले भुवरभवानीलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ टीकाराम थारुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 

    साधारणसभाले दिएको कार्यदेश अनुरुप आफूहरु मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धनसहित पूर्वाधार विकासका काममा अग्रसर हुने नवनिर्वाचित अध्यक्ष थारुले बताउनुभयो । वडा नं ३ का वडाध्यक्ष मीनकुमार चौधरीले प्रचारप्रसारको अभावमा ओझेलमा परेको भुवरभवानी मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक बजेटका लागि आफूले गाउँपालिका र प्रदेश सरकारसँग पहल गरेको बताउनुभयो । 

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend