Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक


१४, वैशाख २०८१
  • 139
    SHARES
  • नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक

    काठमाडौँ । काठमाडौँमा नगद र सुनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार डेढ किलोभन्दा केही बढी सुन र झन्डै डेढ करोड रुपैयाँसहित चार नेपाली र तीन भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ३, टाँटे बस्ने वर्ष ४७ का गणेश दत्त बडु, झापा बिर्तामोड नपा–३ का ३० वर्षीय दिनेश खरेल, दार्चुला टाटे नपा वडा नं. ३ का २१ वर्षीय आयुष बहु र झापा बिर्तामोड नपा वडा नं. ३ का २२ वर्षीय भातराज खोल छन् ।

    तीन भारतीय नागरिकमा भारत महाराष्ट्र सांगली आटपाडी थाना ठेगानाका ३७ वर्षीय अमोल विभूत, सोही ठेगानाका १८ वर्षीय ऋषिकेश प्रकाश विभूते र १८ वर्षीय गणेश सतिश वाल्टे छन् । उनीहरूको साथबाट १७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

    काठमाडौँ–२४, दुछेंननी टोलमा केही व्यक्तिले अवैध सुनको कारोबार गरिरहेका छन् भन्ने गोप्य सूचना प्राप्त भएपश्चात् गएको प्रहरी टोलीले खोजी गर्दै जाँदा गणेश दत्त बडुसहित उनीहरूलाई उल्लिखित सुन र नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend