Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कतारबाट काठमाडौँ झर्नेबित्तिकै अपहरण, ४ लाख ८० हजार फिराैती माग्ने २ पक्राउ


१८, वैशाख २०८१
  • 210
    SHARES
  • कतारबाट काठमाडौँ झर्नेबित्तिकै अपहरण, ४ लाख ८० हजार फिराैती माग्ने २ पक्राउ

    काठमाडौँ - प्रहरीले कतारबाट काठमाडौँमा आएका सिकेन्द्र यादवलाई अपहरण गरी कुटपिट गर्ने दुई जनालाई पक्राउपछि आज सार्वजनिक गरेको छ। 

    काठमाडौँमा पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले पक्राउ पर्नेमा सर्लाही मलंगवा ३ का २५ वर्षीय अजिम अली र सोही ठाउँ बस्ने एमडी शनि अलाही रहेको बताए। उनका अनुसार हिजो अपहरणमा परेका यादवलाई आज  बिहानै उद्धार गरिएको हो।

    उनले कतारबाट फर्किँदा कतारमा बस्ने मन्सुर अली नाम गरेका व्यक्तिले २५ ग्राम सुन दिइ भतिज अजिम अलीलाई दिनु भनी मोबाइल नम्बर दिइ पठाएको र पीडित काठमाडौँमा आएपछि अजिम अलीलाई फोन गरी सामान लिन बोलाएकोमा अर्कै मान्छे आइ रिसिभ गरेको भन्ने बुझिएको पनि भट्टराईले बताए। 

    त्यसपछि अजिम अलीले सुन आफूले नपाएको भनि आफू बस्ने डेरा सिनामंगलमा जबरजस्ती लगी कुटपिट गर्नुका साथै पीडितकी श्रीमतीलाई ४ लाख ८० हजार रकम दिएपछि मात्रै छोड्ने भनि धम्की दिएको पाइएको पनि उनले जानकारी दिए। 

    तयसपछि प्रहरमिा परेको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएका हो। घटनाको थप अनुसन्धान बाँकी नै रहेको प्रहरीले जनाएको छ। 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend