Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

धार्मिक पर्यटकीय स्थल बनाउन गौशालामा पूर्वाधार निर्माण


३१, जेठ २०८१
  • 211
    SHARES
  • धार्मिक पर्यटकीय स्थल बनाउन गौशालामा पूर्वाधार निर्माण

    म्याग्दी । म्याग्दीको बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अनुसार भौतिक पूर्वाधार निर्माण थालिएको छ ।

    गौशाला बेनीदेखि एकघण्टा सवारीसाधनको यात्रा पछि पुग्न सकिन्छ । गौशाला क्षेत्रबाट पर्वतका साथै म्याग्दी र बागलुङका रमणीय स्थलहरुको अवलोकन समेत गर्न सकिन्छ ।

    गाउँपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा चालु आर्थिक वर्षमा एक करोड २५ लाख ८५ हजार दुई सय ३२ रुपियाँ बजेटमा धर्मशाला, हवनकुण्ड, कुटी, ध्यान कुटीलगायतका संरचनाहरु निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

    उनका अनुसार गौशालालाई पालिकाको मुख्य तिर्थस्थल बनाउने योजना अनुसार करिब १२ करोड रुपियाँ लागत अनुमान गरिएको डिपिआर बनाएर संघ र पालिकाको ५०/५० प्रतिशत खर्च गर्ने गरी भौतिक पूर्वाधार निर्माण थालिएको हो ।

    चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि पालिकाले २०८० मङ्सिरमा सिमरन इन्फास्ट्रक्चर सप्लायर्स प्रा.लि.सँग आगामी असार २० गते भित्र योजना सम्पन्न गर्नगरी ठेक्का सम्झौता गरेको थियो । जेठको तेस्रो सातासम्म योजनाको ९० प्रतिशत भौतिक प्रगति भएको उनले बताए ।

    जेठ १० गते सङ्घीय सरकारबाट प्रस्ताव गरिएको बजेटमा समपुरक अनुदानबापत एक करोड ४५ लाख रुपियाँ विनियोजन भएको र आगामी आर्थिक वर्षको सुरुवातमै ठेक्का लगाएर पूर्वाधार निर्माणमा जुट्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले जानकारी दिए ।

    स्थानीय मौलिक गाईको संरक्षण गर्दै आएको गण्डकी गोपाल गौशला क्षेत्रलाई तीर्थस्थल, पर्यटकीय क्षेत्र बनाउने र हिन्दुधर्मावलम्बीको ध्यान तान्ने योजना अनुसार पूर्वाधार निर्माणमा पालिका जुटेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । उनका अनुसार गौशालालाई व्यवस्थित गर्ने, आश्रम स्थल बनाउने, मन्दिर निर्माण गर्ने लगायतका योजना रहेका छन् ।

    गौशाला, वराह शिवालय र प्रशिद्ध धार्मिक स्थल भुमेथानलाई धार्मिक सर्किटका रुपमा जोड्ने योजना रहेको जलजला गाउँपालिका ७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताए । २०७१ सालमा पञ्चकोटको परिकल्पना गर्दा ८ वटा गाईबाट सुरु भएकोमा अहिले ४६ वटा पुगेका छन् ।

    गौशालाको विकासका लागि चारवर्ष अघि आयोजना गरिएको पहिलो गौ महोत्सवबाट सङ्कलित रकम, प्रदेश सरकार र स्थानीय सरकारको बजेटबाट यसअघि पनि केही संरचना बनेका छन् ।

    मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा २०७१ सालमा यहाँका स्थानीयवासीको सक्रियतामा गौशालाको स्थापना गरिएको थियो ।

    गाईको संरक्षण गर्ने र गाईको महत्त्व बुझाउन गौशाला स्थापना गरिएको पालिका अध्यक्ष आचार्यले बताए । गण्डकी गोपाल गौशाला प्रसिद्ध कालञ्जर क्षेत्रमा रहेको हुनाले यो क्षेत्रलाई धार्मिक तीर्थस्थलको रुपमा विकास गर्ने योजना पालिका अध्यक्ष आचार्यले उल्लेख गरे ।

    गौशाला, वराह शिवालय, भुमेथान हुँदै जलजला क्षेत्रलाई धार्मिक सर्किटको रुपमा विकास गर्ने योजना अनुरुप अहिले भौतिक पूर्वाधार निर्माण भइरहेको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए ।

    गौशालामा व्यवस्थित भौतिक पूर्वाधार निर्माण गरी देश विदेशमा प्रचारप्रसार गरेर मुक्तिनाथ दर्शनका लागि आएका भारतीय हिन्दु धर्मावलम्बीलाई यहाँ आकर्षित गर्न सकेमा महत्त्वपूर्ण तीर्थस्थल बन्नसक्ने सम्भावना रहेको स्थानीयहरु बताउँछन् ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend