काठमाडौं । विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी निधन भएकाको आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडान कायमै राखेका छन् ।
बिहीबार त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उचित क्षतिपूर्ति दिने र शक्तिशाली छानबिन समिति बनाएकोले शव बुझ्न आग्रह गरेका थिए ।
तर, मृत्तकका आफन्तहरुले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान लिएपछि मन्त्री पाण्डेले एयरलाईन्सका व्यवस्थापक र मृत्तकका परिवारसँगै राखेर छलफल गरेका थिए ।
बिहीबारको छलफल निश्कर्षमा शुक्रवार ४ बजे भित्रमा सबै कुरा टुंगो लाग्ने मन्त्री पाण्डेले छलफलमा बताउनु भएको छ ।