Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास


९, जेठ २०८३
  • 80
    SHARES
  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी नयाँ इतिहास रचेकी छिन्। उनले सन् २०२६ मे २१ का दिन बिहान सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्न सफल भएकी हुन्। ‘द समिट फोर्स प्रा. लि.’ का संस्थापक ङा तेन्जी शेर्पाका अनुसार प्रीतिले आफ्ना हिमाल आरोहण सहयोगी (क्लाइम्बिङ गाइड) हरू पासाङ शेर्पा र निमा थिन्दुक शेर्पाको बलियो साथमा यो ऐतिहासिक सफलता हासिल गरेकी हुन्। यस कीर्तिमानी आरोहणसँगै प्रीति सगरमाथाको शिखरमा पुग्ने विश्वकै पहिलो ‘प्राणिक हिटर’ र ‘अर्हातिक योगी’ समेत बनेकी छन्।

    सगरमाथाको यो सफल आरोहण प्रीतिको पर्वतारोहण यात्राको एउटा ठूलो र महत्त्वपूर्ण कोशेढुङ्गा साबित भएको छ। यसअघि नै उनले सन् २०२५ सेप्टेम्बर २३ मा ‘द समिट फोर्स’ का गाइड पासाङ शेर्पासँगै विश्वको आठौँ अग्लो हिमाल मनास्लुको सफल आरोहण गरेर इतिहास बनाइसकेकी थिइन्। प्रीतिले आफ्नो पर्वतारोहण यात्रा सन् २०२४ मे महिनामा लोबुचे हिमालको आरोहणबाट सुरु गरेकी हुन्। त्यसयता छोटो समयमै उनले सन् २०२४ अक्टोबरमा अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो र सन् २०२५ अप्रिलमा मेरा पिकको समेत सफल आरोहण गरिसकेकी छन्। यसरी छोटो अवधिमै एकपछि अर्को ठूला उपलब्धि हासिल गर्दै उनले सगरमाथाको शिखरमा मारवाडी समुदाय र समग्र नेपालकै नाम विश्वसामु चम्काउन सफल भएकी छन्।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ : हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपास

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend