Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह


२०, जेठ २०८३
  • 95
    SHARES
  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले २०५८ साल जेठ १० गते घटेको दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गरी वास्तविकतालाई उजागर गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने आग्रह गरेको छ । प्रतिष्ठानले सो दिनलाई ‘कालो दिन’ घोषणा गर्न समेत सरकारसँग माग गरेको छ ।

    ललितपुर, जावलाखेलस्थित राजा वीरेन्द्रको शालिकमा जेष्ठ १९ गते माल्यार्पण गर्दै आयोजित स्मृति सभामा प्रतिष्ठानका अध्यक्ष शिवहरी खनालले प्रेस वक्तव्य जारी गर्दै सो घटनालाई नेपालको इतिहासकै सबैभन्दा दुखद र कालो अध्यायका रूपमा उल्लेख गर्दै औपचारिक छानबिन र सत्यतथ्य सार्वजनिक गर्न सरकारमा आग्रह दोहोराए । उनले भन्र्नु भयो कि घटनाका सबै आयामहरू खोल्नुपर्ने आवश्यकता रहेको छ ताकि पीडित परिवार र राष्ट्रिय समाजले सत्य जनाउन पाओस् ।

    प्रतिष्ठानका महासचिव रञ्जित धमलाले कार्यक्रममा राजा वीरेन्द्रलाई राष्ट्रवादी, शान्तिवादी, विकासमुखी र प्रजातन्त्रका पक्षधर शासकको रूपमा वर्णन गर्दै उहाँले नेपालको अन्तर्राष्ट्रिय छवि मजबुत बनाउन ‘शान्ति क्षेत्र’ घोषणा गर्ने प्रस्ताव समेत विश्वसामु पेस गर्नुभएको स्मरण गराए। धमलाले भने कि राजा वीरेन्द्रको शान्ति क्षेत्र घोषणाको प्रस्तावले नेपालको शान्ति र समृद्धिमा थप योगदान पुर्‍याउने विश्वास छ ।

    प्रतिष्ठानले दिएको वक्तव्यमा भनिएको छ कि घटनाको पूर्ण र पारदर्शी छानबिनले मात्र समाजमा भ्रम र शंकालाई अन्त्य गरी इतिहाससँगको सामना गर्न मद्दत पुग्नेछ । आयोजकहरूले पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै न्याय सुनिश्चित गर्न राज्यले संवेदनशील र तीव्र कदम चाल्नुपर्ने जोड दिएका छन् ।

    कार्यक्रममा उपस्थित नेताहरू र शुभेच्छुकहरूले पनि घटनाको सत्यतथ्य सार्वजनिक गर्न दबाब दिने प्रतिवद्धता जनाएका थिए । प्रतिष्ठानले आगामी दिनमा सम्बन्धित निकायहरूसँग संवाद गरी औपचारिक माग पेश गर्ने बताएको छ ।

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ : हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपास

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend