Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

युट्युब च्यानल तथा फेसबुक पेजमाथि प्रेस काउन्सिलको निगरानी, गलत भए कारबाही गरिने चेतावनी


२८, कात्तिक २०८१
  • 154
    SHARES
  • युट्युब च्यानल तथा फेसबुक पेजमाथि प्रेस काउन्सिलको निगरानी, गलत भए कारबाही गरिने चेतावनी

    काठमाडौँ । प्रेस काउन्सिल नेपालले युट्युब च्यानल तथा फेसबुक पेजमाथि निगरानी थालेको छ ।

    सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको हो ।

    नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रस्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि विशेष अपिल जारी गरेको हो ।

    सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।

    सह प्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालको पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाई कार्यान्वयन गरिरहेको उल्लेख छ ।

    यस्तै पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको काउन्सिलको विशेष अनुगमनबाट देखिएको छ ।

    सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा अन्योल समेत सिर्जना गरेको छ ।

    काउन्सिलले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिई समस्या समाधानका लागि राज्यका निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको जनाएको छ ।

    काउन्सिलले जारी गरेको पत्र:

    462566812_1340337530680632_1108331486015367233_n.webp

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend