Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बाढी पहिरोबाट भएको क्षतिमा ११ अर्ब ८२ करोडको बिमा दाबी, भूक्तानीमा ढिलाइ


४, मंसिर २०८१
  • 140
    SHARES
  • बाढी पहिरोबाट भएको क्षतिमा ११ अर्ब ८२ करोडको बिमा दाबी, भूक्तानीमा ढिलाइ

    काठमाडौँ । गएको असोज १०, ११ र १२ को अविरल वर्षापछिको बाढी पहिरोका कारण भएको क्षतिबाट ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० रुपैयाँ बराबरको बिमा दाबी गरिएको छ ।

    नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गएको कात्तिक मसान्तसम्म ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ । बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन् ।

    प्राधिकरणका अनुसार सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । योे कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन् ।

    दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक सय ७६, सगरमाथा लुम्बिनीमा तीन सय ७७, हिमालयन एभरेष्ट दुई सय ४३, नेकोमा दुई सय १९, यूनाइटेड अजोडमा तीन सय २३, सानिमा जीआईसीमा दुई सय १७, आईजीआई प्रुडेन्सियलमा दुई सय ९६ दाबी परेका छन् ।

    त्यस्तै, नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा एक सय ७२, नेपाल इन्स्योरेन्समा एक सय ७६, प्रभु इन्स्योरेन्समा एक सय ३७, राष्ट्रिय बिमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चाररचार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सात दाबी निवेदन परेका छन् ।

    कूल दाबीमध्ये नौ सय दुई वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ । कूल एक हजार छ सय ५३ वटा सम्पत्ति बिमा दाबी गरिएकामा तीन सय ९८ वटाको भुक्तानी भएको छ । कूल सम्पत्ति बिमा दाबी आठ अर्ब ७५ करोड ८७ लाख ५१ हजार दुई सय ३४ रुपैयाँ भएकामा ४६ करोड ७० लाख ९७ हजार सात सय ८० रुपैयाँ मात्रै भुक्तानी भएको छ ।

    इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ तीन सय चार वटा दाबी परेका छन् । विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । अधिकांश ऊर्जा उत्पादक केन्द्रले बिमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरुले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत ध्यानाकर्षण गराएका छन् ।

    दाबी भएकामध्ये ३८ वटाको तीन करोड ११ लाख २८ हजार पाँच सय ५५ रुपैयाँ मात्रै भुक्तानी भएको छ । मोटर बिमा निजीतर्फ आठ सय ८७ दाबी परेकामा दुई सय ८० को छ करोड १६ लाख ९७ हजार रुपैयाँ पाँच सय ८७ भुक्तानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

    मोटर बिमा सार्वजनिकतर्फ तीन सय ५० दाबी हुँदा ९१ वटाको ४३ करोड दुई हजार एक सय ७७ रुपैयाँ बराबरको भुक्तानी भएको छ । पशुपन्छी बिमा ५१ दाबी पर्दा २१ वटाको २४ लाख ९२ हजार आठ सय ५४ रुपैयाँ मात्रै भुक्तानी भएको छ ।

    त्यस्तै, समुद्री बिमा २२ को दाबी पर्दा दुईको भुक्तानी भएको छ । कृषि बाली बिमातर्फ एक सय ३१ को दाबी हुँदा ६५ को भुक्तानी भएको छ । विविधतर्फ २० को दाबी पर्दा सातको भुक्तानी भएको छ ।

    प्राधिकरणका अनुसार कोसी प्रदेशमा दुई सय ५१, मधेसमा एक सय एक, बाग्मतीमा दुई हजार नौ सय ६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० वटा बिमा दाबी भएको छ ।

    अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बिमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको छ । वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश बाग्मतीमा भएकाले पनि दाबी बढी परेको प्राधिकरणले जनाएको छ ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend