Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाई काठमाडौं ल्याइँदै


४, मंसिर २०८१
  • 137
    SHARES
  • स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाई काठमाडौं ल्याइँदै

    काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका नेपाल प्रहरीका पूर्व पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याइने भएको छ ।

    काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरण अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

    सहकारी ठगी प्रकरणमै पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेविरुद्ध पनि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

    तर, रविलाई पोखरा नै छाडेर छविलाई मात्रै आज काठमाडौं ल्याउन लागिएको हो । स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसँग काठमाडौं प्रहरीले बयान लिइसकेको छ ।

    रवि र छवि गोर्खा मिडिया नेटवर्कका तत्कालीन शेयर धनी हुन् । रवि शेयर धनीसँगै प्रबन्ध निर्देशक थिए भने छवि सञ्चालक थिए । स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा १ करोड ८२ लाख अवैध रुपमा लगिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

     

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend