Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रिडी पावरको २३ औं वार्षिक साधारणसभा सम्पन्न


७, मंसिर २०८१
  • 155
    SHARES
  • रिडी पावरको २३ औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको २३ औ वार्षिक साधारणसभा आज होटल क्रिष्टल पशुपति, गौशालामा सम्पन्न भएको छ ।

    कम्पनीका अध्यक्ष कुवेरमणि नेपालको अध्यक्षतामा सम्पन्न साधारणसभाले सामान्य प्रस्तावहरुमा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ आषाढ ३१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र इवाखोला जलविद्युत आयोजनाको मर्मतको लागि लिइएको अल्पकालिन ऋण अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

    त्यसैगरी सभाले विशेष प्रस्तावहरुमा कम्पनीको स्वामित्व रहेको साझा पावर कम्पनी लिमिटेडको कुल प्रस्तावित पुँजीको ५५ प्रतिशतका दरले हकप्रदबाट प्राप्त ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ लगानी स्वीकृत गर्ने, कम्पनीको नियमनकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संसोशन आवश्यक भएमा सो कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको गाडी स्क्राप लगायत अन्य शेयर सम्पत्तिहरु बिक्री गर्नुपरेमा कम्पनीको संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ ।

    त्यसैगरी सभाले सन्तोष अधिकारीलाई संचालक समितिमा समेत अनुमोदन गरेको छ । सभामा ११ जना सेयरधनीले आफ्नो मन्तव्य राखेका थिए ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend