Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रतिनिधि सभा सचिव अधिकारीको राजीनामा स्वीकृत


९, मंसिर २०८१
  • 144
    SHARES
  • प्रतिनिधि सभा सचिव अधिकारीको राजीनामा स्वीकृत

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवबाट सुरेश अधिकारीले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

    “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संघीय संसद्को प्रतिनिधिसभा सचिव श्री सुरेश अधिकारीले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधिसभाको सचिव पदबाट मिति २०८१ मंसिर ९ गते दिनुभएको राजीनामा मिति २०८१/८/१० देखि लागु हुने गरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    नियुक्त भएको ५ महिनामा नै उनले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका थिए । नेपाल सरकारका पूर्व सचिव रहेका अधिकारी ५ महिनाअघि मात्र प्रतिनिधि सभामा सचिव नियुक्त भएका थिए । संसद् सचिवालयको भावि महासचिवको बलियो दावेदारको रुपमा हेरिएका अधिकारीले राजीनामा दिएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    गत असार १७ गते अधिकारीलाई सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधि सभा सचिवमा नियुक्त गरिएको थियो । पूर्व शिक्षा सचिव रहेका अधिकारीलाई सभामुख घिमिरेको जोडबलमै सचिवमा नियुक्त गरिएको थियो ।

    तर, जिम्मेदवारी सम्हालेको पाँच महिनामा नै उनले स्वास्थ्य अवस्थालाई देखाउँदै राजीनामा दिएको स्रोतले जनाएको छ । सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन् ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend