काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले आज काठमाडौं नल्याउने भएको छ ।
आज साँझ ल्याउने भनिएपनि भोलि साँझ वा पर्सी (बिहीबार) बिहानमात्रै काठमाडौं ल्याउने भएको हो ।
रास्वपाका नेता दीपक बोहोराले लामिछानेलाई भोलि साँझ वा पर्सी बिहानमात्रै काठमाडौं पठाउने जानकारी गराएका हुन् ।
उनले फेशबुकमा लेखेका छन्–‘कास्की प्रहरीले रवि दाइलाई भोलि साँझ वा पर्सी बिहान मात्रै काठमाडौं पठाउने भएको छ ।