Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सरकारसँग मुक्त कमैया, हलिया र कमलरीहरुको १० बुँदे माग, तत्काल कार्यान्वयनको प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी


१४, मंसिर २०८१
  • 158
    SHARES
  • सरकारसँग मुक्त कमैया, हलिया र कमलरीहरुको १० बुँदे माग, तत्काल कार्यान्वयनको प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी

    काठमाडौं । राष्ट्रिय कृषि बधुवा संघर्ष समितिले कमैया, हलिया र कमलरी मुक्तिको सन्दर्भमा भएका सहमतिहरु तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका छन् ।

    शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले विभिन्न १० बुँदे मागहरु सार्वजनिक गरेका हुन् ।

    कार्यक्रमका वक्ता बलराम भट्टराईले नेपालमा अत्यन्तै पछाडि पारिएका समुदायको रुपमा मुक्त कमैया, मुक्त हलिया, हरुवाचरुवा र कमलरी रहेको बताए । सरकारले उनीहरुलाई बधुवा श्रमिकको रुपबाट औपचारिक रुपमा मुक्तिको घोषणा गरेपनि उनीहरुको पुनर्स्थापना नभएको उनको भनाइ छ ।

    सरकरले २०७९ साउन २ गते हरुवा चरुवा मुक्तिको घोषणा गर्दै लगत लिने, परिचय पत्र वितरण गर्ने लयातका आश्वासन दिएपनि अहिलेसम्म त्यो काम हुन नसकेको बताए ।

    कमैयालाई मुक्त गर्दा जमिन, आवास, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको कुराहरुमा सरकारले प्रतिबद्धता व्यक्त गरेको बताउँदै उनले उक्त समुदायले अहिले पनि मुक्तको आभास गर्न नपाएको बताए । बधुवा श्रमिक नेपालको संविधानको प्रतिकूल रहेको बताए । यसबारेमा राज्य थप जिम्मेवार हुनुपर्ने उनले बताए ।

    मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले कमैया मुक्त घोषणा भएको २४ वर्ष पुग्दा पनि पुनर्स्थापना हुन नसकेको बताए । देशमा परिवर्तन भएर संघीयता आएपनि आफूहरुलाई अधिकारको लागि सिंहदरबार धाउन नै बाध्य पारिएको उनले बताए ।

    अध्यक्ष चौधरीले आफूहरुको मसस्या कसले सुन्ने भन्ने थाहा नै नभएको बताए । मुक्त कमैयाहरुले परिचय पत्र र लालपुर्जा पाएपनि जमिन कहाँ छ भन्ने कुरा ठेगान नरहेको बताए । ‘हामीले राज्यसँग भन्दै आएका छौं– कमसेकम बस्नका लागि जमिन देउ । तर, राज्य मौन भएर बस्नु, स्थानीयलाई देखाउनुलगायतका काम भइरहेको छ,‘– उनले भने ।

    हरुवा चरुवा अधिकार मञ्चका केन्दीय समस्य रामकृष्ण मण्डलले हरुवा चरुवाको सन्दर्भमा सरकारले केही नसोचेको र आफूहरुको जीवन कष्टकर नै रहेको बताए । आफूहरुको पुनर्स्थापनाको माग अहिलेसम्म सरकारले सुनुवाइ नगरेको उनले बताए ।

    कमैया महिला जागरण समाजकी अध्यक्ष कृष्णा चौधरीले आफूहरुको समस्या समाधान अहिलेसम्म पूरा नभएको बताईन् । उनीहरुले आफूहरुको १० बुँदे मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरिन् । कमैया र कमलरी मुक्ति भएको लामो समय भएपनि उनीहरुले पारिश्रमिक नपाइरहेको उनले बताईन् ।1-2-576x768.jpg2-576x768.jpg3-576x768.jpg

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend