Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस अर्घाखाँची - काठमाडौं सम्पर्क समितिको प्रथम अधिवेशन सम्पन्न


२७, माघ २०८१
  • 313
    SHARES
  • कांग्रेस अर्घाखाँची - काठमाडौं सम्पर्क समितिको प्रथम अधिवेशन सम्पन्न

    काठमाडौँ । नेपाली कांग्रेस अर्घाखाँची - काठमाडौं सम्पर्क समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

    महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा शनिबार नयाँबानेश्वर स्थित काठमाडौं ब्याङ्क्वीटमा अधिवेशन भव्यताका साथ सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै महामन्त्री गगन कुमार थापाले अहिलेको सरकारलाई सहज ढंगले चल्न दिनुपर्ने बताएका छन । महामन्त्री थापाले अहिलेको सरकारलाई तिन वर्ष सम्म चल्न दिनुपर्ने र यसको जिम्मेवारी कांग्रेस र एमालेले लिनुपर्ने धारणा राखे । सरकारले गरेका कामको जिम्मेवारी कसैले नलिदाँ जनता अन्योलमा परेको उनको भनाई छ ।

    सांसद समेत रहेका थापाले सरकारमा रहँदा राम्रो र बाहिर निस्कँदा आफैँ नराम्रो भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने जिकिर गरे । पटक पटक गठबन्धनको सरकार बन्ने तर कसैले जिम्मेवारी नलिने कुरालाई तोडनुपर्ने उनले बताए । अबको तिन वर्षमा राम्रो काम गर्ने र त्यसलाई लिएर ८४ सालको चुनावमा जनतामाझ जाने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता ढुण्डीराज शास्त्री, केन्द्रिय सदस्यहरु मान बहादुर विश्वकर्मा, पुष्पा भुसाल, नानु बास्तोला, नेता रेवती प्रसाद भुसाल, नेपाली कांग्रेस अर्घाखाँची जिल्ला सभापति केशव श्रेष्ठ, पूर्व प्रदेश सभा सदस्य निर्मला क्षेत्री लगायतले मन्तब्य राखेका थिए ।

    अर्घाखाँची काठमाडौं सम्पर्क समितिको प्रथम अधिवेशनबाट सर्वसहमति रुपमा डा.मुक्तिराम श्रेष्ठको सभापतित्वमा कार्यसमिति समेत चयन गरिएको थियो ।

    f957dac7-e046-4f81-a447-140ba2d69278 (1).jpg7a831d30-e6fc-466a-912d-f51611bde340.jpg8533ff55-8ffc-4a95-b34a-722a81569aaf.jpgb52db636-4a45-4acb-b3f2-1469d30964a0.jpga2ac99c0-f590-4ee0-b1d9-88e056a48eda.jpgd7b01ebf-39ae-4477-9518-6237615eb310.jpg8469d2e7-47a0-47ae-8c15-29545a45bba1.jpg

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend