Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

यातायात क्षेत्रमा सर्वोच्च अदालतको आदेश कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन


३, चैत २०८२
  • 89
    SHARES
  • यातायात क्षेत्रमा सर्वोच्च अदालतको आदेश कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

    काठमाडौँ । सर्वोच्च अदालतको आदेश कार्यान्वयनसम्बन्धी यातायात क्षेत्रको प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको छ । यातायात क्षेत्रमा सर्वोच्च अदालतले दिएका आदेशहरू कार्यान्वयनको अवस्था, विद्यमान समस्याहरू र आवश्यक सुधारका लागि सुझावसहितको प्रतिवेदन सोमबार जाँचबुझ आयोगले बुझाएको हो ।

    मन्त्रिपरिषद्को गत मंसिर २२ गतेको निर्णयअनुसार जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन सम्बन्धमा अध्ययन गर्न यो जाँचबुझ आयोग गठन गरिएको थियो । आयोगमा दीपक सुवेदीलाई अध्यक्ष,  शरद अधिकारी   र  योगेन्द्र नाथ कर्माचार्यलाई सदस्यको रूपमा नियुक्त गरिएको थियो ।

    प्रतिवेदनले यातायात क्षेत्रमा देखिएका प्राविधिक गुणस्तर, सार्वजनिक सवारी साधन सञ्चालनका न्यूनतम मापदण्ड, प्रदूषणको अवस्था, सिन्डिकेट र कार्टेलिङ जस्ता विकृतिहरूको अध्ययन गरेको छ । 

    साथै, यातायातको सञ्चालन तथा व्यवस्थापनमा संलग्न निकायहरूको पारदर्शिता, जबाफदेहिता, सुरक्षा, क्षतिपूर्ति र दुर्घटनामा दायित्व निर्धारण जस्ता महत्त्वपूर्ण विषयहरूमा पनि आयोगले आफ्नो प्रतिवेदनमा विस्तृत अध्ययन र सुझाव समावेश गरेको छ ।

     प्रतिवेदनमा भविष्यमा यस्ता समस्या दोहोरिन नदिनका लागि उपायहरू र कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना समेत प्रस्तुत गरिएको छ ।

  • कर छली नियन्त्रणमा आन्तरिक राजस्व विभागको कडाइ, ३६० करदाताको विस्तृत अनुसन्धान हुने

    काठमाडौं । कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै कर छली नियन्त्रण, राजस्व चुहावट रोकथाम र अर्थतन्त्रलाई

  • त्रिभुवन विमानस्थलमा फेरि तनाव, दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी

    काठमाडौं । झापाबाट काठमाडौं फर्किएका दुर्गा प्रसाईँलाई विमानस्थल परिसरमा सञ्चारमाध्यमसँग प्रतिक्रिया दिन प्रहरीले रोकेपछि त्रिभुवन

  • जेनजी सहिद स्मृति सभामा विवादित पात्रको उपस्थितिले उठायो गम्भीर प्रश्न

    सरकारी सहभागिता रहेको संवेदनशील कार्यक्रममा श्रीनिवास आचार्य र विजय भण्डारीको उपस्थितिमाथि आयोजकसँग जवाफ माग काठमाडौं ।

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend