Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आजदेखि मलमास सुरु, असार १ गतेसम्म रहने


३, जेठ २०८३
  • 78
    SHARES
  • आजदेखि मलमास सुरु, असार १ गतेसम्म रहने

    काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटको अन्तरालमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु हुँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो मलमास आगामी असार १ गतेसम्म रहनेछ । ज्योतिषीय गणनाअनुसार वर्षमा ३६५ दिन हुन्छन्, जसमा सौर र चान्द्रमास पर्दछन् । यी दुवै मासबीच समन्वय कायम गर्नका लागि निश्चित समयको अन्तरालमा मलमास वा अधिकमास आउने गर्दछ । ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेलका अनुसार एउटा औँसीदेखि अर्को औँसीसम्म कुनै पनि सङ्क्रान्ति पर्दैन भने शास्त्रीय ग्रन्थहरूका आधारमा त्यस महिनालाई मलमास वा अधिकमास भनिन्छ ।

    मलमास र क्षयमासको शास्त्रीय परिभाषा

    ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो प्रसिद्ध ग्रन्थ ‘सिद्धान्त शिरोमणि’ मा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिँदै लेख्नुभएको छ:

    असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।

    द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।

    यसको अर्थ सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो भने एउटै चान्द्र महिनामा दुई वटा सङ्क्रान्ति परेमा त्यसलाई क्षयमास भनिन्छ । क्षयमास एकदमै विरलै हुने गर्दछ, जुन यसअघि वि.सं. २०२० सालमा परेको थियो । क्षयमास विशेषगरी कार्तिक, मङ्सिर र पुस महिनामा पर्ने गर्दछ, जसमा पनि मङ्सिर र पुसमा यसको सम्भावना बढी हुन्छ । कार्तिक महिनामा क्षय र अधिकमास दुवै पर्न सक्ने सम्भावना रहन्छ भने माघ महिनामा यी दुवै पर्दैनन् । बाँकी रहेका अन्य आठ महिनामा भने अधिकमास पर्न सक्छ ।

    'संसर्प', 'अंहस्पति' र पुरुषोत्तममासको पौराणिक प्रसङ्ग

    क्षयमास हुने वर्षमा नियमपूर्वक दुई वटा अधिकमास समेत पर्ने गर्दछन् । यी अधिकमासहरू क्षयमास भन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ । पौराणिक मान्यता अनुसार हरेक महिनाको छुट्टाछुट्टै देवता हुने भए पनि मलमासको कोही देवता थिएनन् । आफूलाई अशुभ मास भनी सबैले हेला गरेको गुनासो लिएर मलमास रुँदै भगवान् श्रीकृष्णकहाँ पुगेका थिए । 'पुरुषोत्तममास माहात्म्य' नामक धर्मग्रन्थका अनुसार, मलमासको गुनासो सुनेर भगवान् श्रीकृष्णले "अब तिमीलाई मेरै नामबाट सबैले चिन्नेछन्" भनी यसलाई 'पुरुषोत्तममास' को नाम दिनुभएको थियो ।

    मलमासमा के गर्ने र के नगर्ने?

    धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार मलमासको अवधिमा नित्य कर्महरू जस्तै पूजा, पाठ, जप र ध्यान गर्न मिल्छ । पहिलेदेखि नै बस्दै आएको व्रतलाई नियमितता दिन मिल्ने भए पनि यस अवधिमा कुनै पनि नयाँ व्रतको सुरुआत भने गर्नु हुँदैन । मलमासमा महादान, विवाह, व्रतबन्ध, गृहनिर्माण तथा गृहप्रवेश जस्ता माङ्गलिक कार्यहरू वर्जित मानिएका छन् । यसैगरी, यो समयमा गर्भाधान गर्नु नहुने शास्त्रीय नियम छ, तर पहिले नै गर्भ रहेको अवस्थामा भने कुनै दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमास छल्नुपर्छ भन्ने सामाजिक परम्परा पनि गर्भाधान गर्नु हुँदैन भन्ने मान्यतामै आधारित रहेको हो । संक्षेपमा, बृहस्पति र शुक्र अस्त भएका बेला निषेध गरिएका सम्पूर्ण कर्महरू मलमासमा पनि गर्नु हुँदैन ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend