Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुमा बकर ईद उल्लासमय : सांसद पाण्डेय र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान


१४, जेठ २०८३
  • 468
    SHARES
  • कपिलवस्तुमा बकर ईद उल्लासमय : सांसद पाण्डेय र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

    कपिलवस्तु । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद-उल-अजहा (बकर ईद) कपिलवस्तुमा हर्षोल्लासका साथ मनाइँदैछ । पर्वका अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेय तथा कपिलवस्तु नगरपालिकाका मेयर एवं युवा नेता सुदिप पौडेलले मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको कामना गरेका छन् ।

    ईदगाहमा पुगेर दुवै जनप्रतिनिधिले मुस्लिम समुदायसँग अंकमाल गर्दै शुभकामना आदानप्रदान गरेका थिए । सो अवसरमा प्रदेश सांसद पाण्डेयले नेपाल बहुसांस्कृतिक र बहुधार्मिक विशेषता बोकेको देश भएकाले बकर ईदजस्ता पर्वहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा आपसी भाइचाराको भावना अझ सुदृढ बनाउने बताउनुभयो । उहाँले विविधताबीचको सहअस्तित्व र देशप्रेमको भावना सदैव कायम रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

    त्यस्तै, मेयर सुदिप पौडेलले सम्पूर्ण मुस्लिम समुदायप्रति हार्दिक शुभकामना व्यक्त गर्दै समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भाव कायम रहिरहोस् भन्ने कामना गर्नुभयो ।
    धार्मिक मान्यताअनुसार बकर ईद हजरत इब्राहिम (अ.स.) को त्याग, समर्पण र कुरबानीको स्मरणमा मनाइने पर्व हो । इस्लामिक विश्वासअनुसार अल्लाहको आदेशपछि हजरत इब्राहिम (अ.स.) ले आफ्ना छोरा इस्माईल (अ.स.) लाई कुरबानी दिन तयार हुँदा अल्लाह प्रसन्न भई उनको स्थानमा भेडाको कुरबानी स्वीकार गरिएको मान्यता रहेको छ ।
    यस अवसरमा मुस्लिम समुदायले खसी, भेडा, राँगा लगायतका जनावरको कुरबानी गर्ने परम्परा निर्वाह गर्दै आएका छन् । कुरबानीको मासु तीन भागमा विभाजन गरी एक भाग गरिब तथा असहायलाई, दोस्रो भाग आफन्त तथा साथीभाइलाई र तेस्रो भाग आफ्नै परिवारका लागि प्रयोग गरिन्छ ।

    इस्लामिक धर्मअनुसार कुरबानीलाई सुन्नत तथा वाजिब इबादतका रूपमा लिइन्छ । धार्मिक जानकार अहेले सुन्नत मदरसाका पेश इमाम हजरत मौलाना अलि हसन निजामीले सञ्चारकर्मी इमरान खानसँगको कुराकानीमा कुरबानीसम्बन्धी धार्मिक महत्वबारे जानकारी दिनुभएको हो ।

    नेपालमा खसी, भेडा, भैंसी, राँगा तथा ऊँटको कुरबानी गर्ने चलन रहेको छ । गाई राष्ट्रिय जनावर तथा हिन्दू धर्मावलम्बीहरूको पूजनीय जनावर भएकाले नेपालमा गाईको कुरबानी नगर्ने परम्परा रहेको छ । भैंसी वा ऊँटको कुरबानी गर्दा सात जनासम्म मिलेर सहभागी हुने धार्मिक मान्यता रहेको बताइन्छ ।

    ईद-उल-अजहा इस्लामी पात्रोअनुसार १०, ११ र १२ तारिखसम्म मनाइने गरिन्छ । यस वर्ष २०८३ जेठ १४ गते बिहीबार सरकारले सार्वजनिक बिदा दिएकोमा मुस्लिम समुदायले नेपाल सरकारप्रति आभार व्यक्त गरेका छन् ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend