Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

स्वामी विवेकानन्दको षोडशी भण्डारा र गुरुस्मृतिसभा: नयाँमिलमा सन्त र भक्तजनको महाकुम्भ


२४, जेठ २०८३
  • 510
    SHARES
  • स्वामी विवेकानन्दको षोडशी भण्डारा र गुरुस्मृतिसभा: नयाँमिलमा सन्त र भक्तजनको महाकुम्भ

    रूपन्देही । श्रीदुर्गा वैदिक परमानन्द सन्न्यास आश्रम, तिलोत्तमा-१, नयाँमिल, रूपन्देहीमा ब्रह्मलीन अनन्तश्रीविभूषित स्वामी विवेकानन्द सरस्वती महाराजको षोडशी भण्डाराको पावन अवसरमा ‘गुरुस्मृतिसभा-२०८३’ भव्यताका साथ सम्पन्न भएको छ । 

    स्वामीज्यूको भौतिक शरीर शान्त भएको १६औँ दिनको पुण्य तिथिमा आयोजित यस निर्वाण उत्सवमा नेपाल तथा भारतका विभिन्न सिद्धपीठहरूबाट विशिष्ट सन्त, महात्मा र हजारौँ भक्तजनहरूको विशाल उपस्थिति रहेको थियो । 

    आश्रममा बिहानैदेखि भक्तिमय वातावरणका बीच रुद्राभिषेक, सन्तपूजन, काव्यविमोचन तथा विधिपूर्वक १६ जना सन्यासीहरूलाई दान-दक्षिणासहित भोजन गराइने शास्त्रीय परम्परा स्वरूप 'षोडशी भण्डारा' सम्पन्न गरिएको थियो ।

    नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पीठाधीश स्वामी ज्ञानानन्द सरस्वती महाराजको अध्यक्षता तथा नेपाल सरकारका पूर्व प्रधानन्यायाधीश एवं हाल सन्यास धर्ममा दीक्षित महामण्डलेश्वर स्वामी दामोदराआन्द सरस्वती महाराजको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

    परमानन्दीय आश्रम परम्पराका प्रमुख संरक्षक स्वामी सत्यप्रकाश आनन्द गुरुदेवको आश्रम प्रतिनिधिको रूपमा हरिद्वारबाट स्वामी योगानन्द सरस्वतीजी महाराजको विशेष उपस्थिति रहेको यस सभामा काठमाडौँ, देवघाट लगायत मुलुकका विभिन्न क्षेत्रबाट स्वामी नीलकण्ठानन्द गिरी, डा. स्वामी राजेश्वरानन्द सरस्वती, डा. सच्चिदानन्द सरस्वती, विमलानन्द सरस्वती लगायतका प्रतिष्ठित सन्तहरूको समुपस्थिति थियो । 

    करिब ४ हजारको हाराहारीमा भक्तजनहरूको सहभागिता रहेको उक्त समारोहको वातावरण कुनै महान् तीर्थस्थल वा विशाल धार्मिक कुम्भको झल्को दिने खालको आध्यात्मिक र ओजपूर्ण देखिएको थियो ।

    समारोहको एक मुख्य आकर्षण साहित्यिक तथा काव्यिक प्रस्तुति समेत रह्यो, जहाँ ब्रह्मलीन स्वामीज्यूको स्मृतिमा तयार पारिएका तीनवटा शोक काव्यहरूको विमोचन गरिएको थियो । चर्चित भजन गायक हेरीलाल कँडेलद्वारा रचित ‘विवेकानन्द शोक काव्य’, कथाकार तथा संगीतकार चेतराज कँडेलको स्वामीजी केन्द्रित काव्य र युवा कवि गोविन्द गोपाल खतिवडाको ‘सन्तको सम्झना’ नामक कृतिको सामूहिक विमोचन गरियो । 

    यसैगरी वैदिक धर्म परिषद्का संरक्षक स्वामी जगन्नाथ आचार्यज्यूले प्रस्तुत गर्नुभएको ‘षोडशी पद्य काव्य’ र स्वामी स्वरूपानन्द सरस्वती लगायतका विद्वानहरूका भावपूर्ण कविता र प्रस्तुतिले दिउँसोको माहोललाई पूर्ण रूपमा कवितामय र भक्तिमय बनाएको थियो ।

    उपस्थित वक्ताहरूका अनुसार, यो विशाल जमघट ब्रह्मलीन स्वामी विवेकानन्द सरस्वती महाराजको राष्ट्रव्यापी प्रभाव, उहाँको उच्च जीवन दर्शन र कठोर तपस्याकै प्रतिफल हो ।

     

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend