काठमाडौं । दिदीबहिनी नहुनेका लागि दाजुभाइ र दाजुभाइ नहुनेका लागि दिदीबहिनीको प्रतीक बनेको काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको बिहानैदेखि भीड लागेको छ ।
वर्षमा एकपटक भाइटीकाका दिन मात्रै खुल्ने यस मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरू टीका लगाउन र दर्शन गर्न पुग्ने परम्परा छ । सोही परम्पराअनुसार काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट आएका श्रद्धालुको बिहानैदेखि मन्दिर परिसरमा चहलपहल बढेको हो ।
मन्दिर परिसरमा दर्शनार्थीहरू टीका लगाउने, आशीर्वाद लिने र आपसी आत्मीयता साटासाट गर्दै भाइटीका पर्व मनाइरहेका छन् ।
दिदीबहिनी र दाजुभाइबीचको प्रेम, विश्वास तथा सद्भावको प्रतीक मानिने भाइटीकाले पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ ।