Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाली नर्स ममता काफ्लेको हत्या अभियोगमा श्रीमान् नरेश भट्ट दोषी ठहर


२६, कात्तिक २०८३
  • 70
    SHARES
  • नेपाली नर्स ममता काफ्लेको हत्या अभियोगमा श्रीमान् नरेश भट्ट दोषी ठहर

    काठमाडौं । अमेरिकामा नेपाली नर्स ममता काफ्लेको हत्या गरेको अभियोगमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन् । भर्जिनियाको अदालतमा करिब ६ हप्तासम्म चलेको सुनुवाइपछि जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या तथा शवको अपमान र लुकाएको अभियोगमा दोषी ठहर गरेको हो ।

    मंगलबार आएको फैसलाअघि अदालतमा बयान दिँदै भट्टले ममताको शव टुक्राटुक्रा पारेको र फ्याँकेको स्वीकार गरेका थिए । तर, उनले हत्या भने आफूले नगरेको दाबी गर्दै ममताको शव शंकास्पद अवस्थामा फेला परेको बताएका थिए ।

    अभियोजन पक्षले भट्टको बयानलाई बनावटी भन्दै जुरीसमक्ष उनको कथामा विश्वास नगर्न आग्रह गरेको थियो । सहायक कमनवेल्थ महान्यायाधिवक्ता सारा सामीले भट्टले ममताको हत्या गरी शव टुक्राटुक्रा पारेर भर्जिनियाको लुरेस्थित ल्यान्डफिलमा फ्याँकेको जिकिर गरेकी थिइन् ।

    जुलाई २०२४ मा मानासस पार्कस्थित आफ्नै घरबाट बेपत्ता भएकी ममताको शव अहिलेसम्म फेला परेको छैन । शव ल्यान्डफिलमा फ्याँकिएको अभियोजन पक्षको दाबी छ । यसका कारण परिवारले उनको अन्तिम संस्कारसमेत गर्न नपाएको अभियोजन पक्षले अदालतमा उल्लेख गरेको थियो ।

    भट्टले अदालतमा ममताको शव मृत अवस्थामा फेला पारेपछि आफूलाई पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) को असर परेको र मानसिक नियन्त्रण गुमाएको अवस्थामा शव टुक्राटुक्रा पारेको बयान दिएका थिए ।

    यता, प्रतिरक्षा वकिल ट्रेसी लेनोक्सले घटनाबारे पर्याप्त तर्कसंगत शंका रहेको दाबी गर्दै अभियोजन पक्षले ममतामाथि दुर्व्यवहार भएको पुष्टि गर्न नसकेको जिकिर गरेकी थिइन् ।

    प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएपछि भट्टलाई कम्तीमा २० वर्षदेखि जन्मकैदसम्म सजाय हुन सक्नेछ । शवको अपमान तथा लुकाएको अभियोगमा थप पाँच वर्षसम्म सजाय हुन सक्ने व्यवस्था छ । उनलाई आगामी मार्चमा सजाय सुनाइनेछ ।

    फैसलापछि अदालतबाहिर भेला भएका ममताका साथी तथा नेपाली समुदायका सदस्यहरूले फैसलाको स्वागत गरेका थिए ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend