जुनसुकै शासनमा पनि वास्तवमा नैतिकता, इमान, चरित्रलाई महत्व दिँदैनौँ । नेपालमा चाहिँ झन् झन् यस्तो अवस्था हामी पाउँछौँ । त्यसैले गर्दा कति पनि राम्रो देखिन्न, सुशासन कतै छैन । भ्रष्टाचारको बिगबिगी छ । अहिले मानिसहरुलाई सबैभन्दा सजिलो पैसा कमाउने उपाय राजनीति बनेको छ । त्यसैले सबैले अब सम्पत्ति विवरण पेश गर्नु पर्दछ ।
संघीयताले जनतालाई खास गरेर लोकतन्त्रको केन्द्र बिन्दुबाट हेर्ने हो । जनताले जबसम्म सुख, सुविधा र मनमा शान्ति पाउँदैन तबसम्म वास्तविक लोकतन्त्रको अनुभूति गर्न सक्दैनन् । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबै सरकार सञ्चालन गर्नका लागि खर्च वृद्धिले गर्दा पनि ऋण बढ्दै गएको छ । हामीले ३० वर्ष पञ्चायत गराएर पञ्चायतलाई गाली ग¥यौँ । ३० वर्ष पञ्चायत भन्दा पनि त्यसपछि खास गरेर यो जुन बहुदल आए पछिको परिवर्तन हेर्ने हो भने अर्को ३० वर्ष नाघिसक्यो । यो स्थितिमा त्यो बेलाको भन्दा अहिले ऋणको भार बढेर डबल पुगिसक्यो ।
देश झन् झन् आर्थिक रुपबाट नै जर्जर बन्दै गएको छ । संघीयतामा सुशासन राम्रो हुन्थ्यो तर हुन सकेन । आ–आफ्नो ठाउँबाट नैतिकता र इमानदार भएर काम गरेको भए अहिले यो मुलुकको अवस्था हुने थिएन । लोकतन्त्र प्राप्त गरेर आएका मुलुकहरु कहाँको कहाँ पुगे तर हामी भने जहाँको त्यहीँ छौँ । हाम्रो देशका युवाहरू पटक्कै आशाको किरण नदेखेर, उनीहरुले कुनै सम्भावना नदेखेर विदेशी भूमिमा जान बाध्य भएको छ ।
उत्पादनको क्षेत्रमा केही काम नहुँदा इमानदार मान्छेले मौका पाउन सक्दैन । ठिक मान्छे ठिक ठाउँमा भन्दा पनि आफन्त नाता गोता हाबी हुन्छन् । सबैलाई राम्रो मान्छे हैन हाम्रो मान्छे चाहिएको छ । यसले संघीयतामा टेवा पु¥याउन सक्दैन । अहिले त्यही समस्याहरु झन् झन् जटिल हुँदै गएका छन् । जस्तै बेरोजगार,आर्थिक अनुपात्दकमा लगानी, निःशुल्क शिक्षा, जनमैंत्री कर प्रणाली र बढ्दो मंहगीले आम नागरिकको दैनिकीमा ठूलो चूनौति थपिएको छ । त्यसले २०९० पछि विश्वका विकसित राष्ट्रहरुले अपनाएको सुशासनले गर्दा मुलुकका धेरै देशहरुले आर्थिक क्षेत्रमा फड्को मारेका छन् ।
ऋणको भार प्रत्येक नेपाली जनताको टाउकोमा कसरी बढ्दै छ, कसरी ती खर्चहरु बढ्दै छन्, कसरी विना आवश्यक खर्चहरु बढ्दैछन् ? यसरी ऋण बढ्यो भने तिर्न नसक्ने अवस्था आइसकेपछि मुलुक श्रीलंका तथा अन्य देश जसरी टाट पल्टिने अवस्था आउने पो हो कि ? त्यसको मूल कुरो सुशासन र नैतिकता हो । नैतिक चरित्र परिवर्तन र सुशासनमा चाहिँ सबैको ध्यान जाओस् ।सुशासन भनेको नारा र भाषण गरेर मात्र हुँदैन । त्यसको मूल जरो भनेको नैतिकता र इमान्दारिता हो । राजनीतिक दल मात्रै होइन्, कर्मचारी तन्त्रमा पनि सुशासनको पालना भएको देखिदैन । यसले गर्दा प्राप्त लोकतन्त्र कतै संकटमा पर्ने त होइन भन्ने आशंका बढ्न थालेको छ । यसको कार्यान्वयनका लागि सङ्कल्प र इच्छाशक्ति हुनुपर्छ । त्यसका लागि नैतिक जागरण चाहिन्छ र त्यसको विपल्प नै छैन् । नागरिकमा पनि चेतना हुनुप¥यो ।
हाम्रो पाठ्यपुस्तकदेखि लिएर नैतिकताका पाठहरु हामीले छोड्दै छोड्दै गयौँ । उनिहरुलाई प्रोत्साहन हुने, उत्साह वृद्धि गर्ने, युवा पुस्ताले यो प्रविधिले अहिले आशा राख्नै पर्दछ । यो अहिलेको अध्ययन र प्रविधिले नयाँ पुस्तालाई चेतनाको सञ्चारले सुशासन ल्याउने कुरामा, व्यवस्थापन सुधार्ने कुरामा सबैको ध्यान जाओस् ।
दीपकुमार उपाध्याय पूर्वमन्त्री एवं नेता नेपाली काँग्रेस