सरकारी तबरबाट सैद्धान्तिक हिसाबले भष्ट्राचार नियन्त्रणका लागि धेरै पहलहरु भएका छन् तर व्यवहारमा प्रभावकारी रुपमा लागू हुन सकेको छैन । पछिल्ला केही सर्वेक्षणहरुले, संरक्षण, प्रशिक्षण लगायतका सूचकहरुले विगतमा भन्दा हामी सुधार देखिदैन यद्यपि प्रयासहरु विभिन्न तहमा भएका देखिन्छन् । सैद्धान्तिक हिसाबले कुरा गर्ने र व्यवहारमा देखिने परिवर्तनको तुलना ग¥यौं भने व्यवहारमा त्यस्तो भिन्नता भएको देखिदैन ।
भष्ट्राचारका सवालमा हामीले विभिन्न पक्षहरुलाई केलाएर हेर्नुपर्ने हुन्छ । कुनै एउटा विषय र प्रसंगलाई मात्र हेरेर निचोडमा पुग्न सकिदैन । पहिलो पक्ष भष्ट्राचारको संजाल एउटा व्यक्तिले तोडेर तोडिने खालको हुँदैन । कर्मचारीलाइ कुनै किसिमको दवाब र प्रलोभन पार्ने सोच भन्दा माथी नेतृत्व तहमा रहने जो कोहीले पनि बुझ्न आवश्यक छ । एउटा व्यक्तिले स्वच्छ तरिकाले काम गर्दछ भन्ने हो भनेदेखि उसलाई केही न केही अप्ठेरोमा पार्ने गरेको धेरै उदाहरण छन् । यसको लागी काम गर्न राम्रो वातावरण भएमा पनि भ्रष्टाचार कम हुने देखिन्छ ।
भष्ट्राचार जन्य गतिविधिलाई जरै देखि मूलसम्म नै प्रतिवद्धतासहित एकैसाथ हटाउनुपर्छ । हाम्रो समाजको संरचना भष्ट्राचारलाई स्वागत गर्ने खालको छ । छिमेकमा घरसँगै वरिपरी बसेको मान्छेले रातारात आम्दानी गर्दछ भने त्यो कहाँबाट ल्यायो भन्ने सोचिदैन उल्टै सम्मान दिइन्छ । मुख्य समस्या नै त्यहीँबाट सृजना भएको छ । हाम्रो छानबिनको संरचनालाई विचार पुराउनुपर्ने देखिन्छ । भष्ट्राचार गरिसकेपछि समात्ने भन्दा पनि भष्ट्राचार रोकथाममा बिशेष ध्यान दिन जरुरी देखिन्छ ।