Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दवाब र प्रलोभनमा पार्ने काम कम नभएर सम्म भष्ट्राचार न्युनिकरण हुँदैन -डा. भिष्मकुमार भुसाल


१७, जेठ २०८०
  • 325
    SHARES
  • दवाब र प्रलोभनमा पार्ने  काम कम नभएर सम्म भष्ट्राचार न्युनिकरण हुँदैन -डा. भिष्मकुमार भुसाल

    सरकारी तबरबाट सैद्धान्तिक हिसाबले भष्ट्राचार नियन्त्रणका लागि धेरै पहलहरु भएका छन् तर व्यवहारमा प्रभावकारी रुपमा लागू हुन सकेको छैन । पछिल्ला केही सर्वेक्षणहरुले, संरक्षण, प्रशिक्षण लगायतका सूचकहरुले विगतमा भन्दा हामी सुधार देखिदैन यद्यपि प्रयासहरु विभिन्न तहमा भएका देखिन्छन् । सैद्धान्तिक हिसाबले कुरा गर्ने र व्यवहारमा देखिने परिवर्तनको तुलना ग¥यौं भने व्यवहारमा त्यस्तो भिन्नता भएको देखिदैन ।

    भष्ट्राचारका सवालमा हामीले विभिन्न पक्षहरुलाई केलाएर हेर्नुपर्ने हुन्छ । कुनै एउटा विषय र प्रसंगलाई मात्र हेरेर निचोडमा पुग्न सकिदैन । पहिलो पक्ष भष्ट्राचारको संजाल एउटा व्यक्तिले तोडेर तोडिने खालको हुँदैन । कर्मचारीलाइ कुनै किसिमको दवाब र प्रलोभन पार्ने सोच भन्दा माथी नेतृत्व तहमा रहने जो कोहीले पनि बुझ्न आवश्यक छ । एउटा व्यक्तिले स्वच्छ तरिकाले काम गर्दछ भन्ने हो भनेदेखि उसलाई केही न केही अप्ठेरोमा पार्ने गरेको धेरै उदाहरण छन् । यसको लागी काम गर्न राम्रो वातावरण भएमा पनि भ्रष्टाचार कम हुने देखिन्छ । 

    भष्ट्राचार जन्य गतिविधिलाई जरै देखि मूलसम्म नै प्रतिवद्धतासहित एकैसाथ हटाउनुपर्छ । हाम्रो समाजको संरचना भष्ट्राचारलाई स्वागत गर्ने खालको छ । छिमेकमा घरसँगै वरिपरी बसेको मान्छेले रातारात आम्दानी गर्दछ भने त्यो कहाँबाट ल्यायो भन्ने सोचिदैन उल्टै सम्मान दिइन्छ । मुख्य समस्या नै त्यहीँबाट सृजना भएको छ ।  हाम्रो छानबिनको संरचनालाई विचार पुराउनुपर्ने देखिन्छ । भष्ट्राचार गरिसकेपछि समात्ने भन्दा पनि भष्ट्राचार रोकथाममा बिशेष ध्यान दिन जरुरी देखिन्छ । 

     

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • भोटेकोसीको ११औँ दिन : राहतको थुप्रो, पीडितको पीडा-समन्वय कहाँ चुक्यो?

    निर्मला क्षेत्रीको खबरदारी-‘उद्धार कहाँ चुक्यो, समन्वय किन कमजोर भयो? अब भाषण होइन, पीडितलाई जीवन फर्काउने

  • ७ मिनेटमा २२ किलोमिटरको विनाश : हिमालबाट खसेको हिउँले कसरी निम्त्यायो रसुवागढीको महाविपत्ति?

    बिशेष रिपोर्ट ५,२०० मिटर माथिबाट खसेको हिउँको ढिस्को, त्यसबाट उत्पन्न ऊर्जा र ५.२ म्याग्नेच्युडको कम्पन-रसुवागढी बाढी

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend