Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

पाल्पा : अर्घाखाँची जाँदै गरेको जिप दुर्घटना, ३ जनाको मृत्यु ११ घाइते


इ खबर
२१, जेठ २०८०
  • 201
    SHARES
  • पाल्पा : अर्घाखाँची जाँदै गरेको जिप दुर्घटना, ३ जनाको मृत्यु ११ घाइते

    बुटवल । पाल्पामा जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

    रुपन्देहीको सालकण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याव जिप पाल्पाको रैनादेवी ८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । दुर्घटना परि ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

    मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको पहिचान खुलेको छैन । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याईएको छ ।

    रुपन्देहीको सालझण्डी र प्रहरी चौकी बल्बेंडगडी पाल्पाबाट प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिए ।

    बल्ढेङगढी चौकीबाट दुर्घटनास्थल टाढा र एकान्तमा पर्ने भएकाले स्थानीयले नै उदार थालेका थिए । जिप सडकबाट करिब ७० मिटर तल खसेको छ ।

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend