बुटवल । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ । सोही अवसरमा सोमवार नेपालका विभिन्न शहरमा भव्य शोभा यात्रा निकालिएको छ ।
बुटवलमा उपमहानगरपालिका वार्ड नम्बर १ गढिटोलमा रहेको हनुमान मन्दिरबाट आज (सोमबार) शोभायात्रा निकालिएको हो । पारी बुटवलको जीतगढी किल्ला नजिक रहेको मन्दिरबाट निकालिएको शोभा यात्रा पुरानो बटौली हुँदै गोलपार्क, हाटबजार लाईन परिक्रमा गरी बुटवल उपमहानगरपालिका वडा न- ४ स्थित राम मन्दिरमा पुगेर पुजाअर्चनामा सामेल भइ पुनः हनुमान मन्दिर आएर समापन भएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको गर्भगृहमा पूजा गरेका छन् । स्थानीय समयअनुसार १२ः२९ः०८ बजे शुभ मुहूर्त भएको हो । ८४ सेकेन्डको उक्त मुहूर्त १२ः३०ः३२ बजेसम्म चलेको थियो । प्राण प्रतिष्ठापछि आरती गरिएको छ ।