काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित आज शनिबार आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा राजधानीमा आयोजित उक्त कार्यक्रममा पूर्वराजा शाहसहित पूर्वरानी हिमानी शाह, र पूर्व नवयुवराज हृदयेन्द्र शाहको उपस्थिति रह्यो । भर्खरै जुम्ला भ्रमण गरेर फर्किएका हृदयेन्द्रको जुम्ला भ्लग अहिले युवा पुस्तामा निकै लोकप्रिय र चर्चित बनेको छ ।
कार्यक्रम हिमानी कोषद्वारा “स्वदेश फर्क, स्वदेशै स्वर्ग” भन्ने मूल नारासहित आयोजना गरिएको हो । देशप्रेम, जिम्मेवारी र कर्तव्यबोध गराउने उद्देश्यले आयोजना गरिएको यस इभेन्टमा विदेश पलायनलाई रोक्दै देशमै सीप, उद्योग र व्यवसायमा युवाहरूलाई संलग्न गराउने “ब्रेन ड्रेन टु ब्रेन गेन” कार्यक्रमसमेत सञ्चालन गरिएको कोषले जनाएको छ ।