काठमाडौँ । गृह मन्त्रालयले लामो समयदेखि रिक्त अध्यागमन विभागको महानिर्देशकमा कोषहरी निरौलालाई नियुक्त गरेको छ । गृह मन्त्रालयका सहसचिव निरौलालाई महानिर्देशक बनाई पठाएको हो ।
यसैगरी विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको सरुवासमेत गरेको छ भने मन्त्रालयमा रहेका नयाँ सहसचिवहरूको पदस्थापन पनि गरेको छ ।
अब गृह मन्त्रालयमा जिम्मेवारी नदिई लामो समयसम्म थन्क्याउने परम्पराको अन्त्य भएको गृह अधिकारीहरूको भनाई छ ।
‘सहसचिवको दरबन्दी भएको प्रमुख जिल्ला अधिकारी पद उपसचिवले होल्ड गरेर सहसचिवलाई बरन्डामा राख्ने परम्पराको क्रमशः अन्त्य गरिने छ’ एक अधिकारीले बताउनुभएको छ ।
सुचीसहित हेर्नका लागि तलको Link मा Click गर्नुहोस :
Saruwa_2080_12_06.pdf :To download file click here